हजरत सामुदायिक बन, वडा २३–नेपालगन्जमा वृक्षारोपण कार्यक्रम सम्पन्न

  ।   २०८२ श्रावण ३१, शनिबार १८:५५

नेपालगन्ज । नेपालगन्ज वडा नं. २३ स्थित हजरत सामुदायिक बनमा सनिवार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को आयोजनामा र स्ट्यान्डर्ड चार्टर बैंक नेपाल लिमिटेडको आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा स्थानीयवासीसहित विभिन्न संघसंस्थाको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रमको उद्घाटन क्लिन अप नेपालका कार्यकारी निर्देशक तथा सभापति रविन्द्र लामिछानेले गर्नुभएको थियो। प्रमुख अतिथि पूर्वमन्त्री मोहम्मद ईस्तियाक राई, विशेष अतिथि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट लगायत लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. विनोद ढकाल, नेपाली कांग्रेस जिल्ला सचिव सुधान्सु कोईराला, स्ट्यान्डर्ड चार्टर बैंक नेपाल लिमिटेडका शाखा प्रमुख हर्मेस सोनी, प्याब्सन बाके अध्यक्ष विकास बज्राचार्य, नगर अध्यक्ष मानबहादुर थापा, शैक्षिक संस्थाका प्राचार्यहरू तथा विभिन्न सामाजिक अभियन्ताहरूको उपस्थिति थियो। कार्यक्रममा विद्यालयका विद्यार्थीहरू र वडा नं. २३ का स्थानीयवासीसहित करिब २०० भन्दा बढी सहभागी थिए।

सभापति लामिछानेले “प्रत्येक बिरुवा एक जीवन हो, यसले वातावरण मात्र होइन हाम्रो भविष्य सुरक्षित गर्छ” भन्दै वृक्षारोपणको महत्वमाथि जोड दिनुभयो। पूर्वमन्त्री राईले राज्यस्तरबाट दीगो वन व्यवस्थापन र सहभागी प्रणालीको आवश्यकता औंल्याउँदै रुखबिरुवाले मानव जीवनलाई दिगो बनाउन खेल्ने भूमिकाबारे प्रकाश पार्नुभयो।

त्यसैगरी, मेयर प्रशान्त बिष्टले स्थानीय तहबाट वनसम्बन्धी दीगो पहललाई निरन्तर प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अन्य वक्ताहरूले वन संरक्षण, सामुदायिक सहभागिता र जलवायु परिवर्तनविरुद्ध सामूहिक अभियानको आवश्यकतामाथि जोड दिनुभयो।

कार्यक्रममा स्पोन्सर संस्थाको तर्फबाट बोल्दै शाखा प्रमुख हर्मेस सोनीले निजी क्षेत्रको सक्रिय सहकार्यबिना वन संरक्षण र वृक्षारोपण अभियान दिगो बन्न नसक्ने बताउँदै बैंकले आगामी दिनमा पनि यस्ता अभियानमा साथ दिने प्रतिवद्धता जनाउनुभयो।
यस अवसरमा स्थानीय वन र वातावरणअनुकूल महुवा, बररो, अमला, शिरीष, लिची, अम्बा र अर्जुनसहित करिब २,००० भन्दा बढी बिरुवा रोपिएका छन्।

वृक्षारोपणसँगै कार्यक्रमले वन संरक्षणप्रति स्थानीय समुदायलाई सचेत बनाउन महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको अनुभव रहेको छ।

Next Post

बागेश्वरी मन्दिर परिसरमा सामुदायिक सरसफाई

२०८२ श्रावण ३१, शनिबार १८:५५
नेपालगन्ज । नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा सरसफाई गरिएको छ । वातावरणीय संरक्षणमा सचेतना जगाउने तथा स्थानीय समुदायलाई सरसफाई गर्न प्रोत्साहन गर्ने उद्धेश्यले उक्त सामुदायिक सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो । क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को आयोजना, स्ट्यान्डर्ड चार्टर बैंक लिमिटेड नेपालको आर्थिक सहयोगमा र बास नेपाल को समन्वयमा […]