बागेश्वरी मन्दिर परिसरमा सामुदायिक सरसफाई

  ।   २०८२ भाद्र २, सोमबार १४:२६

नेपालगन्ज । नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा सरसफाई गरिएको छ । वातावरणीय संरक्षणमा सचेतना जगाउने तथा स्थानीय समुदायलाई सरसफाई गर्न प्रोत्साहन गर्ने उद्धेश्यले उक्त सामुदायिक सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो ।

क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को आयोजना, स्ट्यान्डर्ड चार्टर बैंक लिमिटेड नेपालको आर्थिक सहयोगमा र बास नेपाल को समन्वयमा उक्त कार्यक्रम गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित प्रशिद्ध शक्तिपिठ बागश्वरी मन्दिरको पार्किंग क्षेत्र, तलाउ क्षेत्र, तथा मन्दिरको चौतर्फि सरसफाई गरिएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै क्लिन अप नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले समुदाय सरसफाई एक ब्यक्ति वा निकायले गरेर मात्रै नहुने बताउदै सबैको संयुक्त प्रयास (सिनर्जी) कार्य मार्फत गर्नुपर्ने आवश्यकता महसुस गरी कार्यक्रमको योजना गरिएको बताउनु भयो । उहाले नेपालगन्जको सौदर्यीकरणमा सबै लाग्न अनुरोध गर्नु भयो।

कार्यक्रममा बोल्दै स्ट्यान्डर्ड चार्टर बैंक लिमिटेड नेपालगन्ज शाखा प्रबन्धक हर्मेस सोनीले निजी क्षेत्रको सहभागितामा समुदाय सरसफाई अभियानले स्थानीयहरुमा सचेतना फैलाएको बताउनु भएको छ  दीगो सरसफाई अभियानमा प्रोत्साहन र प्रवद्र्धनमा बैंकले आगामी दिनमा समेत सहकार्य गर्ने प्रतिबद्धता गर्नु भएको हो । कार्यक्रम बास नेपालका अध्यक्ष शिव कुमार वर्माले जलवायु परिवर्तन, वातावरण संरक्षण र हरित योजना सम्बन्धी जनचेतना अभिवृद्धिको आवश्यकता रहेकोमा क्लिन अप नेपालले गरेको कार्य समुदाय सचेतनाका लागि महत्वपूर्ण हुने बताउनु भयो । उहाले नेपालगन्जलाई सुन्दर बनाउने अभियानमा सहयोग तथा सहकार्य गनेृ सबैलाई धन्यबाद ज्ञापन गर्नु भयो ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षता तथा क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) का कार्यकारी निर्देशक रविन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्ट्यान्डर्ड चार्टर बैंक लिमिटेड नेपालका शाखा प्रबन्धक हर्मेस सोनी, नेपालगन्ज उपमहानगरपालिका वातावरण शाखाका शिव लामिछाने, ग्रीन नेपालगन्ज र क्लिन नेपालगन्जका संयोजक डा. बिनोद कर्ण, बास नेपालका निर्देशक हेमराज भट्ट, हरित अभियन्ता हेमन्तराज काफ्ले, क्लिन अप नेपालका कार्यक्रम संयोजक कैलास बिक्रम शाही, प्रिती प्रधानांग लगायत ४५ जना को सहभागिता रहेको थियो । सामुदायिक सरसफाई कार्यक्रममा कुल फोहर १३७ किलोग्राम फोहर संकलन भयको थियो । परियोजना अन्तरगत क्लिन अप नेपालले बाँकेको नेपालगन्जमा समुदाय सरसफाई अभियान, बृक्षारोपण लगायत सचेतना मुलक कार्यक्रम गर्दै आएको छ ।

Next Post

बर्दियामा बालिका शसक्त परियोजना प्रभावकारी बन्दै

२०८२ भाद्र २, सोमबार १४:२६
नेपालगन्ज । बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा युवासम्बन्धी अन्तरक्रिया तथा वार्षिक कार्ययोजना तर्जुमा कार्यक्रम सम्पन्न गरिएको छ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बालिका शसक्त परियोजना अन्तर्गत सो अन्तरक्रिया तथा वार्षिक कार्ययोजना तर्जुमा कार्यक्रम गरिएको हो । बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकीले कार्यक्रमको प्रमुख उद्देश्य युवालाई […]