जनमत पार्टीको अनिश्चितकालिन किसान आन्दोलन

आज पनि सडकमा अवरोध सिर्जना

  ।   २०७८ पुष १६, शुक्रबार १७:१४

संवाददाता, नेपालगंज।

डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीले शुरु गरेको किसान आन्दोलन आज पनि जारी रहयो । जनमत पार्टीका नेता कार्यकर्ता सडकमा उत्रिएर बाँके, बर्दिया सहित देशका विभिन्न भागमा अवरोध सिर्जना गरे ।

१५ पौष २०७८ देखी किशानद्धारा घोषणा गरिएको अनिश्चितकालिन हाइवे बन्द कार्यक्रम माग पुरा नभएसम्म जारी राख्ने जनमत पार्टीले जनाएको छ ।

जनमत पार्टीले किसानका माग सम्बोधन गर्न उच्चस्तरिय समिति गठन गर्नुपर्ने, समयमा मलखाद, बीउको ब्यवस्था गर्नुपर्ने, सिंचाई ब्यवस्था गर्नुपर्ने, नसके सिंचाई बिजुली निशुल्क गर्नुपर्ने, उखु किसानको रकम भुक्तानी गर्नुपर्ने, किसान कार्डको ब्यवस्था गर्नुपर्ने, किसानलाई पनि पेन्सनको ब्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदे माग अघि सारेको छ ।

किसानका पक्षमा पार्टीले शान्तिपुर्ण आन्दोलन शुरु गरेकाले यसमा सहयोग गर्न युवा जनमत संघ बर्दिया जिल्ला अध्यक्ष वकिल शेषले बताउनुभयो ।

 

के-के छन माग हेर्नुहोस ।

 

Next Post

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले बाँकेबाट ३ जना निर्वाचित गर्‍यो

२०७८ पुष १६, शुक्रबार १७:१४
बाँके । नेकपा माओवादी केन्द्रको काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न भएको आठौं महाधिवशेनले विभिन्न क्षेत्र क्लस्टरसहित पहिलो चरणमा २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्दा बाँकेबाट तीन जना समेटिएका छन् । बाँकेबाट खुला र कलस्टरबाट ३ जना निर्वाचित भएका हुन् । महाधिवेशनबाट बाँकेका तीन जना निर्वाचित भएका छन् । खुलाबाट युवा […]