बाँके नरैनापुर बासीले नमुनालाई भने तपाइले गरेका काम हामी बिर्सिदैनौं

यसपटक पनि हाम्रो मत तपाइलाई नै हुन्छ, ढुक्क हुनुहोस्

  ।   २०७९ कार्तिक ५, शनिबार ११:०५

बाँके । सत्ता गठबन्धनबाट बाँके– १ (क) बाट लुम्बिनी प्रदेश सांसदको लागि उम्मेदवार रहेकी कृष्णा केसी (नमुना) ले नरैनापुरका स्थानीयसँग छलफल गर्नु भएको छ । शुक्रबार नरैनापुरका वडा नम्बर १, ३ र ६ का विभिन्न गाउँहरुमा पुगेर स्थानीयलाई अहिलेसम्म आफुले गरेका कामहरुको बारेमा जानकारी गराउनु भएको थियो ।स्थानीयले भने पाँच वर्षमा अहिलेसम्म कहिल्यै हुन नसकेका कामहरु गरेको भन्दै धन्यवाद समेत दिएका थिए । ‘२६/२७ वर्षदेखि यहाँ पोल गाडिएपनि बिजुली बाल्न तपाई (नमुना) लाई कुर्नुपर्‍यो’ एक स्थानीयले भने, ‘तपाईले बिजुली, सडक, अस्पताल, बैंक ल्याउनुभयो । यो पटक पनि तपाईलाई नरैनापुरबासीले जिताएर पठाउँछौं ।’

रतैया, बालापुर, जनतापुर, गेग्ली, सुईयाँगाउँ र गंगापुरका स्थानीयसँग नमुनाले भेटघाट गर्नु भएको थियो । स्थानीयले बिजुली, सडक, अस्पतालको काम पूरा भएपनि सिक्टा सिँचाईको काम चाँडो पूरा गर्न, उद्योग कलकारखाना स्थापना गर्न भूमिका खेल्न नमुनालाई आग्रह गरेका थिए । ‘तपाईले बिजुली, सडक, अस्पताल ल्याइदिनुभएको छ । तपाई हाम्रो छोरी हो । हाम्रो विश्वास धेरै छ’ स्थानीयले भने, ‘पहिला जसरी काम गर्नुभयो । अहिले पनि हामी जिताएर पठाउँछौं । त्यसैगरी नरैनापुरबासीका काम गर्नुहोला ।’

नरैनापुरको विकासको लागि काम गरेको र अहिले पनि गरिरहेकोले बताउँदै उम्मेदवार नमुनाले बिजुली, सडक, अस्पताल ल्याइसकेको रोजगारी सिर्जनाका लागि उद्योग कलकारखाना, सिँचाईको लागि सिक्टाको नहर ल्याउँने लगायतका कामहरु हुने चरणमा रहेको बताउनुभयो । भेटघाट कार्यक्रममा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र जनमोर्चाका स्थानीय नेताहरुको समेत सहभागिता रहेको थियो ।   

Next Post

जितेर पनि कामगर्न सकिन भने फेरि उम्मेदवारी दोहोर्‍याउन्न : उम्मेदवार बम

२०७९ कार्तिक ५, शनिबार ११:०५
नेपालगन्ज : आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) बाँके क्षेत्र नं २ (ख) काे नेपालगन्जमा नगर पार्टी कार्यालयमा रहेको ठाउँमा  निर्वाचन मुख्य सचिवालयको कार्यालय उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ। सचिवालयको कार्यलय उद्घाटन गर्ने क्रममा नेकपा(माओवादी) केन्द्रका युवा नेता तथा बाँके […]