जितेर पनि कामगर्न सकिन भने फेरि उम्मेदवारी दोहोर्‍याउन्न : उम्मेदवार बम

  ।   २०७९ कार्तिक ५, शनिबार २१:०२


नेपालगन्ज : आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) बाँके क्षेत्र नं २ (ख) काे नेपालगन्जमा नगर पार्टी कार्यालयमा रहेको ठाउँमा  निर्वाचन मुख्य सचिवालयको कार्यालय उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ।

सचिवालयको कार्यलय उद्घाटन गर्ने क्रममा नेकपा(माओवादी) केन्द्रका युवा नेता तथा बाँके क्षेत्र नं.२ प्रदेश `ख´का उम्मेदवार अकल बहादुर बमले पार्टी कार्यकर्ता तथा मतदाताहरूलाई सम्बोधन गर्दै उहाँले जनताको अमुल्य भोटलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। जनतालाई झुटा आश्वासन दिने, जनता झुक्याउने नेतालाई यसपाली चुनावमा जनताले नै ठेगाना लगाउनु पर्ने उहाँले बताउनु भयो । एकपटक याे पार्टीलाई मौका दिन उहाँले अपिल गर्दै तपाईंहरूको यो विश्वासलाई डगमगाउन दिनेछैन । नेपालगन्जमा विकासको लहर लिएर मतदातासँगै रहने उहाँले प्रतिवद्दता जनाउनु भएकोछ । नेता बमले अवको नेतृत्व युवा सक्षम व्यक्तिलाई चुन्न जनता समक्ष अपिल गर्नु भयो । जनताको काम गर्न नसके अर्कोपटक चुनावी मैदानमा घरीघरी नआउने समेत बताउनु भयो ।

सधैं जनता झुक्याउनेलाई चिन्न पनि नेता बमले जनतालाई सचेत गराउनु भयो। नगर पार्टी कार्यालयमा रहेको निर्वाचन मुख्य सचिवालयको कार्यालय उद्घाटन भएको निर्वाचन परिचालन कमिटीका संयाेजक नविन शर्माले जानकारी दिनु भयो । यसै क्षेत्रमा रहने प्रदेश समिति सदस्य, जिल्ला समन्वय समिति सदस्य र नगर पदाधिकारीहरुको कार्य बिभाजन हरेक वडाहरुले नेतृत्व गरेर प्रचार मोर्चालाई चुस्त र दुरुस्त बनाउने भएको छ ।

Next Post

भ्रस्टाचार गरेको प्रमाण ल्याउ राजनीतिबाटै सन्यास लिन्छु : राई

२०७९ कार्तिक ५, शनिबार २१:०२
बाँके । जनता समाजवादी पार्टीका नेता तथा बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले भ्रस्टाचार गरेको प्रमाण ल्याए राजनीतिबाटै सन्यास लिने बताएका छन् । चुनावी अभियानमा सक्रिय भएकै बेला राईले  सो कुरा आफ्ना प्रतिपक्षीलाई भन्नुभएको हो । आफ्नो निर्वाचन क्षेत्रका ह्याबिवेट राई यतिखेर चुनावी दौडधुपमा हुनुहुन्छ […]