भ्रस्टाचार गरेको प्रमाण ल्याउ राजनीतिबाटै सन्यास लिन्छु : राई

  ।   २०७९ कार्तिक ५, शनिबार २२:५७


बाँके । जनता समाजवादी पार्टीका नेता तथा बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले भ्रस्टाचार गरेको प्रमाण ल्याए राजनीतिबाटै सन्यास लिने बताएका छन् । चुनावी अभियानमा सक्रिय भएकै बेला राईले  सो कुरा आफ्ना प्रतिपक्षीलाई भन्नुभएको हो ।

आफ्नो निर्वाचन क्षेत्रका ह्याबिवेट राई यतिखेर चुनावी दौडधुपमा हुनुहुन्छ ।राईले विकास र भ्रष्टाचारका विषयमा सार्वजनिक चोकहरूमा आफू बहस गर्न तयार भएको समेत चुनौती दिन थाल्नु भएको छ । आफू विरुद्ध झुटा भ्रम फैलाउने गरेको कुरा प्रति राई आक्रोशित हुँदै आफ्ना भाषणमा प्रष्ट पार्नु भएको छ । उनले त्यसका लागि सार्वजनिक बहसको सामना गर्न आफू तयार रहेको पनि बताउन छुटाएनन ।

तर म उहाँहरूलाई चुनौती दिन चाहन्छु, धम्बोजी चोक, विपी चोक, त्रिभुवन चोक वा रामलिला मैदान तपाईंहरूले कहाँ भन्नुहुन्छ त्यही ठाउँमा सार्वजनिक बहस गर्न तयार छु‘ उनले भने ‘ कसले विकास गरेको छ र कसले भ्रष्टाचार गरेको छ भन्ने कुराको प्रमाण मसँग पनि छ भन्दै उम्मेदवार राईले चुनौती दिनु भयो ।

Next Post

लगातारको बर्षाका कारण दुई पालिका भित्रका प्रभावितलाई राहत सहयोग

२०७९ कार्तिक ५, शनिबार २२:५७
संवाददाता, बर्दिया । गत असोज पहिलो साता लगातारको बर्षाका कारण प्रभावित बर्दियाको गुलरिया र बारबर्दिया नगरपालिका अन्र्तगतका स्थानीयलाई शनिबार राहत सामाग्री उपलब्ध गराईएको छ । जिल्ला विपद व्यवस्थापन समिति बर्दिया सँगको समन्वय सहकार्यमा दुई पालिकामा त्रिपाल, झुल, पी–फम र कम्बल एक–एक थान गरी प्रति ब्यक्ति ५ हजार १६ रुपैयाँ बराबरको राहत […]

सम्बन्धित शीर्षक