टर्कीमा सात सय बढी आप्रवासी पक्राउ : पक्राउ पर्नेमा धेरैजसो अफगानिस्तानका

  ।   २०७८ श्रावण १३, बुधबार ०७:१५


एजेन्सी । टर्कीमा सात सय भन्दा धेरै आप्रवासी पक्राउ परेका छन् । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट ७ सय ९ जना अवैध आप्रवासी पक्राउ परेका हुन् ।

टर्कीमा प्रहरीले आप्रवासीलाई खोज्ने अभियान चलाएको छ । जुलाई १५ देखि सुरु भएको अभियानको दश दिनमै इस्तानबुल र वरपरका ११ जिल्लाबाट उनीहरु पक्राउ परेका इस्तानबुल प्रहरी बलले जनाएको छ । पक्राउ परेकाहरु अवैधरुपमा लुकेर बसीरहेका आप्रवासी हुन् । पक्राउ पर्नेहरुमध्ये धेरैजसो अफगानिस्तानका रहेका इस्तानबुल प्रहरी बललाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अफगानिस्तानमा हिंसाका घटना बढेसँगै शरणार्थीका रुपमा टर्की छिर्नेको संख्या बढ्दै गएको खबरमा उल्लेख छ ।

Next Post

श्रीलङ्कामा झन्डै १२ अर्ब नेपाली रुपैयाँसम्म मूल्य पाउने रत्न एकैढिक्कामा फेला

२०७८ श्रावण १३, बुधबार ०७:१५
संवाददाता । श्रीलङ्कामा संसारकै सबैभन्दा ठूलो ’स्टार सफायर’ भनिने एक प्रकारको नीलमणि फेला परेको छ । उक्त बहुमूल्य रत्न संयोगले भेटिएको हो । रत्नपुर क्षेत्रमा आफ्नो घरपछाडि इनार खन्न लाग्दा कामदारहरूले ५१० किला तौल भएको रत्न एकैढिक्कामा फेला पारेको एक रत्नव्यापारीले बीबीसीलाई बताएका छन् । रत्नपुरमा बहुमूल्य रत्न भेटिने गरेको […]