कोरोना बीमाको रकम भुक्तानी सुरु

  ।   २०७९ मंसिर १४, बुधबार १५:३२

संवाददाता ।

बीमा कम्पनीहरुले कोरोना बीमाको रकम भुक्तानी सुरु गरेका छन । करिब डेढ वर्षदेखि रोकिएको बीमा बापतको रकम मंगलबारदेखि भुक्तान गर्न सुरु भएको हो ।

पहिलो चरणमा करिब १६ हजार बीमितले यस्तो भुक्तानी पाउने बीमा प्राधिकरणले जनाएको छ । सरकारले १ अर्ब १४ करोड रुपैयाँ कोरोना बीमा कोषमा पठाएसँगै भुक्तानी प्रक्रिया अघि बढेको हो ।

बीमा कम्पनीले ४५ करोड रुपैयाँ जम्मा गरे पनि करिब २१ करोड दायित्व भएको पुनर्बिमा कम्पनीले भने अझै कोषमा रकम पठाएको छैन । पुनर्बिमाले रकम पठाएपछि थप दुई हजारले पनि रकम पाउने छन ।

अहिले भुक्तान पाउनेहरुको सूची विभिन्न बीमा कम्पनीले आफनो वेबसाइटमार्फत सार्वजनिक गरेका छन ।

‘जहाँ तपाईंले बीमा गर्नु भएको थियो । त्यही बीमा कम्पनीबाटै रकम वितरण हुन्छ । कसकसले पाउने हो, सबै विवरण वेबसाइटमा राखिदिएको हुन्छ, बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले भन्नुभयो, पीसीआर पोजेटिभ भएको र दर्ता मितिलाई पहिलो प्राथमिकता दिन्छौँ । त्यही प्राथमिकताअनुसार बाँड्छौँ । र अहिले चाहिँ हामीले सर्वसाधारण नागरिकलाई दिन्छौँ भनेर भनिसकेका छौँ ।’

अहिले सरकारी कर्मचारी र संस्थाले नै बीमा गरिदिएका निजी क्षेत्रका कर्मचारीले भने रकम पाउने छैनन् । कुल साढे १२ अर्ब बराबरको रकममध्ये अहिले १ अर्ब ८१ करोड मात्रै भुक्तानी हुनेछ ।

थाहा खबरबाट

Next Post

बालबालिका र युवाको संरक्षणनीति बारे ठाकुरद्धारामा कार्यशाला सम्पन्न

२०७९ मंसिर १४, बुधबार १५:३२
नेपालगन्ज । बालबालिका र युवाको संरक्षणनिति बारे छलफल गर्न र जानकारी गराउन बर्दियाको ठाकुरद्धारामा दुई दिने कार्याशाला सम्पन्न गरिएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल र बाल संरक्षण परियोजना अन्तर्गत बालबालिका तथा युवाको संरक्षण नीति सम्बन्धी दुई दिने कार्यशाला ठाकुरद्वारामा सम्पन्न गरिएको हो […]

सम्बन्धित समाचार