ठाकुरद्धारामा बाँके युनेस्कोको समिक्षा कार्यक्रम सम्पन्न

  ।   २०८० आश्विन २७, शनिबार १६:२५

नेपालगन्ज । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको पर्ल परियोजनाको ठाकुरद्धारामा समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । सो समिक्षा कार्यक्रममा परियोजनाको प्रभाव स्तरको प्रगति, सिकाइ आदानप्रदान, असल अभ्यासबारे छलफल, दिगोपन रणनीति बारे विस्तृत रुपमा छलफल गरिएको थियो ।
कार्यक्रममा परियोजनाका संयोजक गोविन्द लामिछानेले परियोजनाले आफ्नो उदेश्य प्राप्तीका लागि गरेका प्रयाससंगै त्यसको प्रभाव र चुनौतीहरुका बारेमा विस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।

परियोजना संयोजकले साझा गर्नु भएको जानकारी र परियोजनाका विविध पक्षहरुमा प्लान नेपाल इन्टरनेसनलका क्षेत्रीय प्रबन्धक मीना पराजुली, प्राविधिक सल्लाहकार प्रतिमा कुवर, सञ्चार प्रबन्धक निशा अधिकारी, मर्ल विशेषज्ञ दीपा सिंह, बित्तिय शाखाका रोसनी नेपाली र रमेश क्षेत्री, कार्यक्रम संयोजक गोमा ओली चौधरी लगायतले विभिन्न सुझाव सल्लाह दिनु भएको थियो । सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले परियोजनाले गर्दा बालविवाह रोक्न ठुलो सहयोग मिलेको जनाउँदै निकै प्रभावकारी कार्यान्वयन गरिएको बताउनुभयो ।

कार्यक्रममा क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, बित्तिय तथा प्रशासन प्रमुख वेद प्रकाश शर्मा, कार्यक्रम संयोजक महेश नेपाली र बोर्डका सदस्यहरुको सहभागिता रहेको थियो । पर्ल परियोजना सञ्चालन गर्दा उत्कृष्ट तरिकाले कार्य गरेको भन्दै प्लान नेपालले बाँके युनेस्को क्लबलाई प्रशंसा पत्र पनि प्रदान गरेको थियो । प्लान नेपाल इन्टरनेसनलका क्षेत्रीय प्रबन्धक मीना पराजुलीले क्लबका प्रमुख संरक्षक सिद्दिकीलाई सो प्रशंसा पत्र प्रदान गर्नुभयो ।

Next Post

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा प्रहरीकर्मचारी द्वारा वृक्षरोपण

२०८० आश्विन २७, शनिबार १६:२५
नेपालगञ्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालले शुक्रवार वृक्षरोपण गरेको छ । ६८औं नेपाल प्रहरी दिवसका अवसरमा शुक्रवार अस्पताल परिसरमा प्रहरी कर्मचारीहरुद्वारा वृक्षरोपण गरिएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) डा. अमिन कुमार श्रेष्ठले जानकारी दिनुभयो । अस्पताल प्रमुख डा. श्रेष्ठका अनुसार शुक्रवार प्रहरी कर्मचारीद्वारा अस्पताल परिसरमा विभिन्न […]