लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा प्रहरीकर्मचारी द्वारा वृक्षरोपण

  ।   २०८० आश्विन २७, शनिबार २०:३२

नेपालगञ्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालले शुक्रवार वृक्षरोपण गरेको छ । ६८औं नेपाल प्रहरी दिवसका अवसरमा शुक्रवार अस्पताल परिसरमा प्रहरी कर्मचारीहरुद्वारा वृक्षरोपण गरिएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) डा. अमिन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पताल प्रमुख डा. श्रेष्ठका अनुसार शुक्रवार प्रहरी कर्मचारीद्वारा अस्पताल परिसरमा विभिन्न जातका फलफूल लगायत दर्जनौं अन्य विरुवाहरु रोपिएको हो । प्रहरी दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गर्ने अभियान अन्तर्गत विरुवा रोपिएको उहाँले जानकारी दिनुभयो । लिँची, अम्बा, कागती, मेवा, आँप लगायत फलफूलका विरुवाका साथै अन्य विरुवाहरु पनि रोपिएको बताउनुभएको थियो ।

रुख विरुवा बिना मानव जीवन कल्पना समेत गर्न नसकिने भन्दै उनले हरित वातावरण तथा स्वच्छ हावाका लागि विरुवा अत्यन्तै महत्वपूर्ण रहेकाले र सकारात्मक सन्देश दिन पनि वृक्षरोपण गरिएको डा. श्रेष्ठले बताउनुभयो । प्रहरी दिवसकै अवसरमा अस्पतालले बिहीवार रक्तदान समेत गरेको थियो ।

Next Post

दसैंकाे तयारी : उद्यमी श्वेताद्वारा झिलिङ्गा रोटी तयार

२०८० आश्विन २७, शनिबार २०:३२
नेपालगन्ज । चाडवाड नजिकिएसँगै हरेक नेपालीका घर–घरमा विभिन्न प्रकारका रोटीहरु बन्ने गर्छन् । हरेक चाडवाडमा नेपालीका घरमा रोटी बनाउनु र पाहुनालाई रोटीले स्वागत गर्ने परम्परादेखि चल्दैआएको चलन हो । पछिल्लो समय गाउँमाभन्दा शहरका मानिसको जीवन अत्यन्तै व्यस्त हुँदै गइरहेको छ । घरका सम्पूर्ण सदस्यहरु कतै न कतै व्यस्त भएका छन् […]