यही साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस

  ।   २०७८ असार ३१, बिहीबार १५:४७

संवाददाता  ।
सरकारले यही साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

असार २८ गते सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै प्रतिनिधिसभा विघटन बदर गरेर बैठक बोलाउन आदेश जारी गरेको थियो ।

यसैगरी, मन्त्रीपरिषदको आजको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीहरुको अवधि १ बर्ष थप गर्ने निर्णय पनि गरेको छ ।

नेपाल टिभी अनलाइन डटकमबाट

Next Post

दक्षिण अफ्रिकामा जारी हिंसामा हालसम्म ७२ जनाको मृत्यु

२०७८ असार ३१, बिहीबार १५:४७
संवाददाता । दक्षिण अफ्रिकी सरकारले २५ हजार सेना परिचालन गर्न लागेको छ । दक्षिण अफ्रिकामा जारी हिंसामा हालसम्म ७२ जनाको मृत्यु भएको छ । एक हजार ७ सय जना प्रहरी नियन्त्रणमा छन् । पूर्ब राष्ट्रपति ज्याकब जूमालाई अदालतले अवहेलना मुद्दामा १५ महिना कैद सजाय तोकेको थियो । जूमा आफैं गत् […]