फागुन १ गते (भोली) जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिईदै

  ।   २०७९ माघ २९, आईतवार १७:४३

संवाददाता ।

आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पु¥याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।

त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन संम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए ।

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ ।

परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो । यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो ।

रातोपाटी डटकमबाट

Next Post

गुडन्यूजका प्रधानसम्पादक डक्ट प्रसाद धिताल लाई सम्मान

२०७९ माघ २९, आईतवार १७:४३
संवाददाता, नेपालगंज । क्रान्तिकारी पत्रकारहरुको संगठन, प्रेस सेन्टर नेपाल बाँके शाखाको साधारण सभा तथा बिशेष अधिवेशन आज नेपालगंजमा सम्पन्न गरिएको छ । साधारण सभा तथा बिशेष अधिवेसनको अवसर पारी ‘क्रान्तिकारी पत्रकारिता पुरस्कार’ बाट डक्ट प्रसाद धिताललाई सम्मान गरिएको छ । धिताल गुडन्यूज खबर डटकम, गुडन्यूज साप्ताहिक पत्रिकाका प्रकाशक, प्रधानसम्पादक र […]