सञ्चार विधेयकको विरोधमा लुम्बिनी प्रदेश सभा अगाडी धर्ना

  ।   २०७८ असार २७, आईतवार १५:४८

संवाददाता।
संचार विधेयक फिर्ताको माग गर्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले गरेको पहिलो चरणको आन्दोलन अनुसार आज प्रदेश सभामा धर्ना दिईएको छ ।

पत्रकार महासंघ केन्द्रको परामर्श, प्रदेश समितिको आह्वान र जिल्ला शाखाहरुको सहभागितामा गरिएको पहिलो चरणको आन्दोलन कार्यक्रम गरिएको हो ।

जसअनुसार असार २० गते ११ जिल्लामा शाखाहरु मार्फत मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ ।

असार २१ गतेदेखि प्रदेशभरीका रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरुबाट संचार विधेयकको विषयमा सरकारको ध्यानाकर्षण गराउने, असार २२ देखि असार २५ सम्म प्रदेश सभाका ८३ जना सांसदहरुलाई विधेयक फिर्ताका लागि एसएमएस गर्ने अभियान, असार २६ गते चांदनी नेपालसंगको सहकार्यमा बुटवलमा प्रदेश सभाको कानुन समितिका माननिय सदस्यहरु र सरोकारवालपक्षसंग अन्तरक्रिया र असार २७ गते बुटवलमा रहेको प्रदेश सभामा धर्ना दिइयो ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति महासचिव विक्रम खड्का द्धारा जारी बिज्ञप्तीमा ‘हामीले उठाएका विषयहरु सांसदहरु मार्फत प्रदेश सभामा समेत प्रवेश गरेको अवस्थामा यो विधेयक फिर्ताको वातावरण बन्ने छ भन्ने हामीलाई विश्वास रहेको छ । सरकारको सकारात्मक प्रतिक्रियाको पक्षमा हामी रहेका छौं । त्यसो नभए हामीले दोस्रो चरणका आन्दोलनका कार्यक्रहरु घोषणा गर्न वाध्य हुने जानकारी पनि गराउन चाहान्छौं ।’ भनिएको छ ।

Next Post

हाब्रेको छाला सहित ३ जना दाङका ब्यक्ति पक्राउ

२०७८ असार २७, आईतवार १५:४८
संवाददाता, नेपालगंज । संरक्षित बन्यजन्तु हाब्रे (रेडपाण्डा) को छाला १ थान र भालुको पित्त जस्तो देखिने बस्तु चार वटा सहित ३ जना बाँके नेपालगंजबाट पक्राउ परेका छन । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटि गएको प्रहरी टोलीले शनिबार राती पक्राउ गरेको हो । जसमा दाङ घोराही […]

सम्बन्धित समाचार