जसपाले भदौ १ देखि मङ्सिर २९ सम्म सङ्गठन सुदृढीकरण तथा जागरण अभियान चलाउने

  ।   २०७८ श्रावण १४, बिहीबार १९:२६

काठमाण्डौ । सत्ता साझेदार जनता समाजवादी पार्टी ९जसपा० को बैठकले सङ्गठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको छ ।

बुधवार पार्टी कार्यालय तुलसीलाल अमात्य स्मृति भवनमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सङ्गठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको हो । बैठकपछि पार्टी प्रवक्ता डम्बर खतिवडाले यो अभियान भदौ १ गतेदेखि मङ्सिर २९ मसान्तसम्म चल्ने बताउनुभयो । उहाँले यो अवधिमा पार्टीको समायोजन, प्रशिक्षण, सङ्गठन र जनजागरणसम्बन्धी काम गर्ने र पार्टीलाई दुरुस्त बनाउने अभियानमा लाग्ने बताउनुभयो ।

प्रवक्ता खतिवडाले भन्नुभयो, ‘सङ्गठन सुदृढीकरण तथा जागरण अभियान २०७८ र यसको कार्ययोजना पारित गरिएको छ, यो अभियान भदौ १ गतेदेखि मङ्सिर मसान्तसम्म चार महिना चल्नेछ र यो अवधिमा जनता समाजवादी पार्टीको समायोजन, प्रशिक्षण, सङ्गठन र जनजागरणसम्बन्धी मुख्य चार वटा काम हामी यो अवधिमा गर्नेछौँ र यो बीचमा पार्टीको टुटेको कडी जोड्ने र फेरि पार्टीलाई दुरुस्त बनाउने काम हुनेछ ।’

बैठकले पार्टीभित्र आउन सक्ने समस्या, अनुशाससम्बन्धी घटनाको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिको संयोजकमा नवराज सुवेदी र सदस्यहरूमा प्रकाश अधिकारी, गोविन्द चौधरी, दुर्गा सोब र सुशीला श्रेष्ठलाई चयन गरिएको समेत उहाँले बताउनुभयो ।

बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा कपिलवस्तु जिल्लाका पार्टी केन्द्रीय समितिका सदस्य नरसिंह चौधरीलाई नियुक्ति गरिएको प्रवक्ता खतिवडाले बताउनुभयो ।

Next Post

कोरोना महामारी र द्वन्द्वका कारण बालबालिकामा सन्तुलित पोषणको समस्या

२०७८ श्रावण १४, बिहीबार १९:२६
काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना महामारी र द्वन्द्वका कारण बालबालिकाको पोषण र स्वास्थ्य सङ्कटको अवस्था निम्तिएको भन्दै चिन्ता जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बढ्दो गरिबी, असमानता, द्वन्द्व, मौसम परिवर्तन र कोरोनाको भयावह संयोजनले खाद्य प्रणालीमा थप खतरा सिर्जना गरेको र यसबाट विशेष गरी […]