हाब्रेको छाला सहित ३ जना दाङका ब्यक्ति पक्राउ

  ।   २०७८ असार २७, आईतवार १६:०७

संवाददाता, नेपालगंज ।
संरक्षित बन्यजन्तु हाब्रे (रेडपाण्डा) को छाला १ थान र भालुको पित्त जस्तो देखिने बस्तु चार वटा सहित ३ जना बाँके नेपालगंजबाट पक्राउ परेका छन ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटि गएको प्रहरी टोलीले शनिबार राती पक्राउ गरेको हो ।

जसमा दाङ घोराही उप–महानगरपालिका वडा नम्बर ४ का ४९ बर्षिय भक्त बहादुर पुन, ४१ बर्षिय केशन पुन र शान्तिनगर गाउँपालिका वडा नम्बर १ का २९ बर्षिय रोबिन बुढा रहेका छन ।

उनीहरु माथी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँके द्धारा जारी प्रेस नोटमा उल्लेख छ ।

Next Post

कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जित्यो

२०७८ असार २७, आईतवार १६:०७
संवाददाता । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आज भएको उपाधि भिडन्तमा ब्राजिललाई १–० हराउँदै अजेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाका लागि डि मारियाले २२ औं मिनेटमा गोल गर्नुभएको थियो । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि १५ औं पटक जितेको छ । लियोनल मेस्सीले आफ्नो देशका लागि यो पहिलो […]