कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जित्यो

  ।   २०७८ असार २७, आईतवार १७:३१

संवाददाता ।
कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आज भएको उपाधि भिडन्तमा ब्राजिललाई १–० हराउँदै अजेन्टिनाले उपाधि जितेको हो ।

अर्जेन्टिनाका लागि डि मारियाले २२ औं मिनेटमा गोल गर्नुभएको थियो । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि १५ औं पटक जितेको छ । लियोनल मेस्सीले आफ्नो देशका लागि यो पहिलो सिनियर उपाधि जित्नुभएको हो ।

यसअघि मेस्सीले सन् २००८ मा बेइजिङ ओलम्पिकमा स्वर्ण जित्नुभएको थियो ।

आज विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १–० गोलले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बन्दा एन्जल डि मारिया नायक सावित हुनुभयो ।

सन् १९९३ पछि मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने क्रममा अर्जेन्टिनाका मारियाले घरेलु टिम ब्राजिल विरुद्ध खेलको २२ मिनेटमा गोल गर्नुभएको हो ।

डि पाउलले दिएको लामो पासमा डि मारियाले उत्कृष्ट गोल गर्दा घरेलु टिम स्तब्ध बन्यो । पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा बराबरी गोल फर्काउन गरेको प्रयास सफल हुन सकेन ।

अर्जेन्टिनी स्टार लिओनल मेसीका लागि पनि यो पहिलो मुख्य प्रतियोगिताको उपाधि हो । मेसीले यसअघि अर्जेन्टिनाको जर्सीमा चार वटा फाइनल खेले पनि उपाधि जित्न सक्नुभएको थिएन ।

यसैबीच मेसी कोपा अमेरिकाका प्रतियोगिताको उत्कृष्ट खेलाडी एवं सर्वाधिक गोलकर्ता बन्नुभएको छ । मेसीले ७ खेलमा ४ गोल र ५ असिस्ट गर्नुभयोे ।

अर्जेन्टिनाले गरेका १२ गोलमध्ये ९ गोलमा मेसीको प्रत्यक्ष भूमिका रह्यो ।

#कोपा  #अमेरिका #फुटबल

इमेज खबरबाट

Next Post

आचारसंहिता शिक्षा बढाउन काउन्सिललाई सुझाव

२०७८ असार २७, आईतवार १७:३१
संवाददाता, काठमाडौँ । आचारसंहिताबारे पर्याप्त शिक्षा नपुगेर सञ्चारमाध्यममा सही समाचार नआएको भन्दै विज्ञहरुले कारबाहीलाई भन्दा सचेतना कार्यक्रम बढाउन प्रेस काउन्सिल नेपाललाई सुझाएका छन् । प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले प्रेस स्वतन्त्रता र उत्तरदायी पत्रकारिता एकै सिक्काका दुई पाटा भएको बताउनुभएको छ । काउन्सिलले आयोजना गरेको दुईदिने अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्तासमेत […]