ला लिगामा रियल बेटिसमाथि बार्सिलोनाको सहज जित

  ।   २०७७ कार्तिक २३, आईतवार ०७:०५

काठमाण्डौ । ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसमाथि सहज जित निकालेको छ ।

गएराति भएको खेलमा बेटिसलाई बार्सिलोनाले ५(२ गोल अन्तरले हराएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । खेलको २२ औं मिनेटमा बार्सिलोनाले पाहुना टिम विरुद्ध अग्रता बनायो । उसका लागि डेम्बेलेले गोल गर्न सफल भए ।

ग्रिजमनको पासमा डेम्बेलेले गोल गर्न सफल भए । पहिलो हाफको इन्जुरी समयमा रियल बेटिसले खेल बराबरी गर्न सफल भयो । दोस्रो हाफको अन्तिमसम भने बार्सिलोनाले गोल अन्तर ५–२ बनायो । जितपछि बार्सिलोनाको ६ खेलमा ११ अंक भएको छ । जसका कारण बार्सिलोना आठौं स्थानमा उक्लिएको छ ।

Next Post

बाँकेमा कोरोना संक्रमणबाट ५६ वर्षीया पुरुषको मृत्यु

२०७७ कार्तिक २३, आईतवार ०७:०५
बाँके । बाँकेमा कोरोनाका कारण रोल्पाका ६४ वर्षीया पुरुषको मृत्यु भएको छ । भेरी अस्पताल, नेपालगन्जमा उपचार गराइरहनु भएका लिवाङ्ग नगरपालिका ४, रोल्पाका ५६ वर्षीया पुरुषको गएको मध्य राती १२ः१० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका सम्पर्क ब्यक्ति बाबु नरेश श्रेष्ठले बताउनुभयो । योसँगै बाहिरी जिल्लाबाट […]

सम्बन्धित शीर्षक