बाँके । बाँकेमा कोरोनाका कारण रोल्पाका ६४ वर्षीया पुरुषको मृत्यु भएको छ ।
भेरी अस्पताल, नेपालगन्जमा उपचार गराइरहनु भएका लिवाङ्ग नगरपालिका ४, रोल्पाका ५६ वर्षीया पुरुषको गएको मध्य राती १२ः१० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका सम्पर्क ब्यक्ति बाबु नरेश श्रेष्ठले बताउनुभयो ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या २८ पुगेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।







