सर्वोच्च अदालतमा आजदेखि गोलाप्रथाबाट मुद्दाको पेशी तोक्न शुरुवात हुदै

प्रधानन्यायाधीशको तजविजी अधिकार कटौती

  ।   २०७८ मंसिर १५, बुधबार ०८:०२

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि गोला प्रथाबाट पेशी तोकिने भएको छ । प्रधानन्यायाधीश बाहेकका न्यायाधीशहरुको फुलकोर्ट वैठकले गोला प्रथाबाट पेशी तोक्ने निर्णय गरे अनुसार आजदेखि उक्त प्रक्रिया अवलम्बन गर्न लागिएको हो । पटक पटक छलफलमा आउने तर अघि नबढ्ने हुँदै आएको गोला प्रथा प्रक्रियाले पेशी तोक्ने प्रधानन्यायाधीशको तजविजी अधिकार भने कटौती गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै भईरहेको आन्दोलनबाट निकासको रुपमा पनि यसलाई ब्याख्या गरिएको छ । मुद्दाको पेशीको बिषयमा न्यायालयमा बारम्बार भइरहने बिबाद पनि अन्त्य हुने अपेक्षा गरिएको छ । अहिलेसम्म सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र उच्च अदालतमा मुख्य न्यायाधीशहरुले दैनिक रुपमा मुद्दाको पेशी तोक्दै आएका थिए ।

Next Post

राप्रपाको एकता महाधिवेशन आजदेखि स् अध्यक्षमा थापा र लिङ्देन उम्मेदवार

२०७८ मंसिर १५, बुधबार ०८:०२
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । तीन राप्रपा एक भएपछि यो एकता महाधिवेशन हुन लागेको हो । काठमाण्डौको भृकुटीमण्डपमा आज बिहान साढे ११ बजे उद्घाटन समारोह रहेको महाधिवेशन प्रचार समिति संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो । पर्सिसम्म चल्ने महाधिवेशनमा झण्डै चार हजार चार सय […]