बाँकेमा ३६ जनामा कोरोना पुष्टि कुन आइसोलेसनमा कति संक्रमित ? कस्तो छ सेवा सुविधा सुचीपत्र सहित

  ।   २०७७ भाद्र ११, बिहीबार २१:४७

नेपालगन्ज । बाँके जिल्लामा बिहीवार ३६ जना कोरोना संक्रमित पुष्टि भएका छन् । नेपालगन्ज भेरी अस्पतालको पिसिआर बाट ३३ जना र बागेश्वरी ल्याबबाट ३ जना गरि जम्मा ३६ जनामा कोरो पुष्टि भएको हो ।

स्वास्थ्य फोकल पर्शन नरेश बाबु श्रेष्ठका अनुसार कोरोना पुष्टि भएका ३६ जना मध्य महिला १४ र पुरुष २२ गरेर जम्मा ३६ जना रहेका छन् । संक्रमितहरुलाइ बाँकेका विभिन्न आइसोलेसनमा राखिएको छ ।

फोकल पर्शन श्रेष्ठको कोरोना अपडेट अनुसार बाँके जिल्लामा जम्मा संक्रमितको संख्या ९ सय ५६ रहेको छ भने ६ सय ८२ जना डिस्चार्ज भएर घर फर्केका छन् । विभिन्न आइसोलेसनमा २ सय ६८ जन संक्रमित उपचाररत छन् जसमध्ये महिला ७० र पुरुष १ सय ९८ रहेका छन् । छ जना संक्रमितहरुको मृत्यु भएको छ ।

कुन आइसोलेसनमा कति भर्ना भएका छन्, संक्रमित संख्या :

आइसोलेसन सेन्टर तथा अस्पतालमा दिइएको सेवा विवरण:

आइसोलेसन सेवा र PCR जाँच सम्बन्धि विवरण :

बाँके जिल्लाका ८ स्थानीय तह अन्तरगत क्वारेन्टाइनमा बसेकाहरुको विवरण :

PCR जाँचको अवस्था र बिरामीको अवस्था :

Next Post

आज बाँकेमा ८५ बर्षिय बृद्ध सहित ११जना डिस्चार्ज हुँदै

२०७७ भाद्र ११, बिहीबार २१:४७
नेपालगन्ज । बाँकेका विभिन्न आइसोलेसनबाट ८५ बर्षिय बृद्ध सहित ११ जना आज शुक्रबार डिस्चार्ज हुन गैरहेका छन् । जसमध्ये महिला ३ र पुरुष ८ जना रहेको स्वास्थ्य फोकल पर्शन नरेश बाबु श्रेष्ठले बताउनु भयो । फोकल पर्शन श्रेष्ठका अनुसार हालसम्म १८ हजार ९ सय ७८ जनाको पिसीआर जाँच हुदा ९ […]