आज बाँकेमा ८५ बर्षिय बृद्ध सहित ११जना डिस्चार्ज हुँदै

आइसोलेसन, क्वारेन्टाइन, आइसियु, भेन्टिलेटरको सुचीपत्र सहित

  ।   २०७७ भाद्र १२, शुक्रबार ०६:४१

नेपालगन्ज । बाँकेका विभिन्न आइसोलेसनबाट ८५ बर्षिय बृद्ध सहित ११ जना आज शुक्रबार डिस्चार्ज हुन गैरहेका छन् । जसमध्ये महिला ३ र पुरुष ८ जना रहेको स्वास्थ्य फोकल पर्शन नरेश बाबु श्रेष्ठले बताउनु भयो ।

फोकल पर्शन श्रेष्ठका अनुसार हालसम्म १८ हजार ९ सय ७८ जनाको पिसीआर जाँच हुदा ९ सय ५६ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ६ सय ९३ जना निको भएर डिस्चार्ज भएका छन् ।

विभिन्न आइसोलेसनमा २ सय ५७ जना उपचाररत छन् । ६ जनाको मृत्यु भएको छ । बाँकेमा आसोलेसन बेड ६ सय ३, आइसियु बेड ५३, भेन्टिलेटर २१, आइसोलेसन सेन्टर र अस्पताल संख्या १४, क्वारेन्टाइनमा १ सय ९० जना, बिगत २४ घण्टा भित्र ३६ जना कोरोना पोजेटिभ थपिएका छन् भनी फोकल पर्शन श्रेष्ठले पठाएको म्यासेजर सूचना र रिपोर्टमा उल्लेख गरिएको छ ।

 

Next Post

सङ्क्रमितमध्ये ५६ प्रतिशत निको, सङ्क्रमण अझै बढ्न सक्ने

२०७७ भाद्र १२, शुक्रबार ०६:४१
काठमाण्डौ । कोरोना सङ्क्रमितमध्ये ५६ दशमलव ५ प्रतिशत निको भएका छन् । गएको २४ घण्टामा ५ सय ६९ जना निको भएसँगै कोरोना जित्नेको संख्या २० हजार ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार १२ हजार ६ सय २९ जनाको परीक्षण गर्दा ३ सय ३४ महिला र ७ […]