माओवादी केन्द्रको लिस्टमा प्रभाकर र भुसाल

  ।   २०७८ असार २९, मंगलवार १७:४८

नेपालगन्ज । नेकपा माओवादी केन्द्रले आफ्नो लिस्टमा नेता जनार्दन शर्मा (प्रभाकर) र पम्फा भुसाललाई पारेको छ । दुइजना नेतालाइ मन्त्रीका लागि सरकारमा पठाउने निर्णय माओवादी केन्द्रले गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) ले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागाइएको छ ।

नेता प्रभाकर र भुषाललाइ दिइने  मन्त्रालयबारे भने टुंगो नलागेको पार्टी स्रोतले जनाएको छ । देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुने बताइएको छ ।

Next Post

अर्थमन्त्री जनार्दन शर्मा द्धारा पदभार ग्रहणका क्रममा चार वटा फाइल सदर

२०७८ असार २९, मंगलवार १७:४८
संवाददाता । अर्थ मन्त्रालयले कोभिड खोप किन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँ बजेट सहमति दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज पदभार ग्रहणका क्रममा कुल चार वटा फाइल सदर गर्नुभएको छ । जसमध्ये एउटा फाइलमा खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई बजेट सहमति दिने थियो । मन्त्रालयका प्रवक्ता महेश […]