अर्थमन्त्री जनार्दन शर्मा द्धारा पदभार ग्रहणका क्रममा चार वटा फाइल सदर

  ।   २०७८ असार ३०, बुधबार १३:४८

संवाददाता ।
अर्थ मन्त्रालयले कोभिड खोप किन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँ बजेट सहमति दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज पदभार ग्रहणका क्रममा कुल चार वटा फाइल सदर गर्नुभएको छ ।

जसमध्ये एउटा फाइलमा खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई बजेट सहमति दिने थियो । मन्त्रालयका प्रवक्ता महेश आचार्यका अनुसार यसबाहेक अर्थ मन्त्रालयले यसअघि खर्चको सहमति दिएका विभिन्न संघीय, प्रादेशिक, जिल्ला र स्थानीय तह स्तरका स्वास्थ्य संस्थालाई समेत अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको छ ।

उहाँका अनुसार स्वास्थ्यबाट आईसीयू, एचडीयू तथा भेन्टिलेटर खरीद भई भुक्तानीका लागि माग आएको ९६ करोड १२ लाख रुपैयाँ उपलब्ध गराउने सम्बन्धी फाइल समेत सदर भएको छ ।

प्रादेशिक र स्थानीय अस्पतालाई यसअघि सहमति दिए अनुसार ५२ करोड ४६ लाख रुपैयाँ उपलब्ध गराउन समेत अर्थले फाइल सदर गरेको छ ।

कोभिड सम्बन्धी विभिन्न दायित्व, अस्पतालको सोधभर्ना र जोखिमभत्ता समेतका लागि संघीय स्तरका लागि ५६ करोड ४१ लाख र प्रदेश र स्थानीय तहमा जाने गरी ३७ करोड २४ लाख रुपैयाँ निकासाको फाइल समेत अर्थमन्त्री शर्माले सदर गर्नुभएको छ ।

अनलाइन खबरबाट

Next Post

घर रसाउने–चुहिने कारण के हो, कसरी गर्ने समाधान ?

२०७८ असार ३०, बुधबार १३:४८
समिक्षा अधिकारी, काठमाडौं हरेक वर्ष बर्खा लागेपछि अधिकांश घरमा समस्या आइपर्छ । ढल थुनिनु, शौचालय जाम हुनु, लेउ जम्नु, पानी ट्यांकी फोहोर हुनु सामान्य समस्या हुन् । यी सामान्य सम्भारले समाधान गर्न सकिन्छ । भित्ता रसाउने, ओसिलो हुने, छत चुहिने समस्याले भने सोचेभन्दा धेरै दुःख दिन सक्छ । सजिलो गरी […]

सम्बन्धित शीर्षक