दैलेखको नारायण नगरपालिका वडा नम्बर २, निवासी ४४ बर्षिया महिलाको कोरोना संक्रमण पछि उपचारका क्रम मृत्यु भएको छ ।
उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि २४ गते नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरी कोरोनाको आशंकामा पीसीआर जाँच गरिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो ।
यो सगैं बाहिरी जिल्लाबाट उपचारका लागी बाँकेमा आई मृत्यु भएका कोरोना संक्रमितहरुको संख्या ३४ जना पुगेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेले जनाएको छ ।