जनप्रगतिशिल मन्च अस्ट्रेलियाको अध्यक्षमा प्रबिण कंडेल

सदस्यीय कार्यसमिति चयन

  ।   २०७८ पुष ५, सोमबार १३:२९

नेपालगन्ज । अस्ट्रेलियामा नेपाली जनप्रगतिशील मंञ्चले पाचौ अधिवेशन सम्पन्न गरेको छ । १८ डिसेम्बर, सनिवार सम्पन्न भएको अधिबेशनमा प्रबिण कंडेलको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष प्रबिण कंडेल, उपाध्यक्ष हिमलाल गैर्य, उपाध्यक्ष कपिल पाण्डे, उपाध्यक्ष लोकराज पौडेल, महासचिव चुन्ना क्षेत्री, सचीव विक्रम शर्मा पंगेनी, कोषाध्यक्ष प्रतीक पोखरेल राष्ट्रिय महिला संयोजक सजना मानन्धर, राष्ट्रिय युवा संयोजक सुजन न्यौपाने लगाएत ३५ सदस्यीय कार्यसमिति चयन भएको नवनिर्वाचित केन्द्रिय सदस्य हेमन्त खड्काले जानकारी दिनुभयो ।

सनिबार सम्पन्न अधिवेशनलाई भर्चुवल माध्यमबाट सम्बोधन गर्दै प्रवास समन्वय समितीका अध्यक्ष एवं प्रमुख अतिथि ओम शर्माले नेपालीहरुको हकहितको आवाजलाई बुलन्द पार्दै अस्ट्रेलियामा संगठन हाक्न सक्ने नेत्तृत्व चयन गर्न आग्रह गर्नु भएको थियो।

कार्यक्रमका बिशेष अतिथि  एवं  प्रवास समन्वय समितीका उपाध्यक्ष लक्षमण पन्त, ओशियाना संयोजक शेषमणि शर्मा, प्रवास समन्वय समितीका सदस्य  मनरिसि धिताल, बाबुराजा महर्जन, इश्वर पौडेल, प्रकाश अधिकारि, सुनिता रेग्मि, पूर्व अध्यक्षहरु झलक राज ढुङ्गाना, भरत नेपाल, माण्डव राज कार्की, नेपाली जनप्रगतिशील मंन्च न्युजलेण्डका अध्यक्ष बिसाल गौतम लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

Next Post

इसाई समुदायको घर–आँगनमा ख्रीष्टमस डे को तयारी सगैं क्यारोलको रौनकता

२०७८ पुष ५, सोमबार १३:२९
संवाददाता, नेपालगंज। ख्रीष्टमस डे नजिकीदै गर्दा इसाई (विश्वासी) समुदायको घर–आँगनमा तयारी सगैं अहिले क्यारोलको रौनकता छाएको छ । अग्रेंजी पात्रो अनुसार हरेक बर्ष २५ डिसेम्वरका दिन ख्रीष्टमस डे मनाउने गरिन्छ । यसअघि युवा–जवानहरु आ–आफनो चर्च (मण्डली) परिवार सदस्यहरुका घरमा गई ख्रीष्टमसको शुभकामना दिदैं संगती प्रार्थाना सहित खुसीयाली बाँड्ने प्रचलन रहेको […]