इसाई समुदायको घर–आँगनमा ख्रीष्टमस डे को तयारी सगैं क्यारोलको रौनकता

  ।   २०७८ पुष ५, सोमबार १८:५७

संवाददाता, नेपालगंज

ख्रीष्टमस डे नजिकीदै गर्दा इसाई (विश्वासी) समुदायको घर–आँगनमा तयारी सगैं अहिले क्यारोलको रौनकता छाएको छ । अग्रेंजी पात्रो अनुसार हरेक बर्ष २५ डिसेम्वरका दिन ख्रीष्टमस डे मनाउने गरिन्छ ।

यसअघि युवा–जवानहरु आ–आफनो चर्च (मण्डली) परिवार सदस्यहरुका घरमा गई ख्रीष्टमसको शुभकामना दिदैं संगती प्रार्थाना सहित खुसीयाली बाँड्ने प्रचलन रहेको छ ।

आज भन्दा २ हजार बर्ष अघि आम मानिसहरुको उद्दार र मुक्तिका लागी प्रभु येशु ख्रीष्ट यस संसारमा आउनुभएको दिनलाई आधार मानी संम्झना स्वरुप इसाइ समुदायले हरेक बर्ष ख्रीष्टमस डे मनाउने गर्छन ।

यसबर्ष ख्रीष्टमस डे पौष १० गते शनिबार परेको छ ।

नेपाली इसाई समुदायले नेपाल सरकारसँग विगत देखी ख्रीष्टमस डेमा सार्वजनिक विदा दिनु पर्ने माग राख्दै आएको भएता पनि कुनै सरकारका पालामा सार्वजनिक विदा दिने, कुनै सरकारका पालामा सार्वजनिक विदा नदिने गरिएको प्रति इसाई समुदायले असन्तुष्टि ब्यक्त गर्दै आएका छन ।

Next Post

तुलसी पूजन र टोपी दिवस

२०७८ पुष ५, सोमबार १८:५७
–अयोध्या प्रसाद श्रीवास्तव दुइ वर्ष पहिले यसै समयमा सामाजिक संजाल मा केही साथीहरुले जनवरी १ तारीखलाई टोपी दिवस भनेर पोस्ट गरे को देखें र राष्ट्रियताको भावनावश मैले पनि त्यस्तै गरेर शुभकामना व्यक्त गरें । केही समय पश्चात दिसम्बरको २५ तारीखमा अमेरिकामा तुलसी पूजा गर्ने गरेको दृश्य देखा पर्यो । अरुले […]