राप्रपाको एकता महाधिवेशन आजदेखि स् अध्यक्षमा थापा र लिङ्देन उम्मेदवार

  ।   २०७८ मंसिर १५, बुधबार ०८:०४

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । तीन राप्रपा एक भएपछि यो एकता महाधिवेशन हुन लागेको हो ।

काठमाण्डौको भृकुटीमण्डपमा आज बिहान साढे ११ बजे उद्घाटन समारोह रहेको महाधिवेशन प्रचार समिति संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो । पर्सिसम्म चल्ने महाधिवेशनमा झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हुँदैछन् । कुल एक सय ९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात अध्यक्षसहित एक सय ४७ जना प्रत्यक्ष तथा बाँकी २५ प्रतिशत अर्थात ५२ जना नयाँ कार्यसमितिले मनोनित गर्नेछ ।

महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन उम्मेदवार हुनुहुन्छ । तीन जना अध्यक्षमध्ये डा। प्रकाशचन्द्र लोहनीले औपचारिक रूपमा लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसक्नुभएको छ । अध्यक्ष थापालाई पशुपतिशमशेर जबरा, लोकेन्द्रबहादुर चन्दलगायतको साथ रहेको छ । पटक पटक जुट्दै र टुक्रिदै आएको राप्रपाको संविधानसभामा एक सिट छ ।

Next Post

हुलाकबाट द्रुत हवाई डांक सेवा सञ्चालन, प्रापकको हातमा २४ घण्टाभित्रमै डकुमेन्ट पुग्ने

२०७८ मंसिर १५, बुधबार ०८:०४
संवाददाता, नेपालगंज । हुलाक सेवा विभागले आजदेखी द्रुत हवाई डांक सेवाको शुरुवात गरेको छ । सेवाग्राहीको माग अनुसार हुलाक सेवालाई छिटोछरितो र प्रभावकारी बनाउन द्रुत हवाई डांक सेवाको शुरुवात गरिएको हो । यो सेवा काठमाण्डौबाट बिराटनगर, जनकपुर, पोखरा, भैरहवा, नेपालगंज, धनगढी तथा नेपालगजबाट जुम्ला, हुम्ला, मुगु तथा डोल्पा जिल्लामा हवाई […]