यसरी मनायो खजुराले जनयुद्ध दिवस

  ।   २०७९ फाल्गुन १, सोमबार २१:५२


२८औं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र खजुरा गाउँपालिका कमिटीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।   

बाँकेको खजुरास्थित जनता नमूना माध्यमिक बिद्यालय सन्तकोटीको परिसरमा आयोजित उक्त कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक तथा खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक, माओवादी केन्द्र खजुरा गाउँपालिका अध्यक्ष राजकुमार बिक, सचिब धनराम वली, सहसचिव खड्क वली लगायतका दर्जनौं युवाहरुले रक्तदान गरेका थिए ।   

त्यसैगरी, उक्त गाउँपालिकाको वडा नम्बर ६ मा पनि जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ । पार्टिको वडा कमिटीको आयोजनामा गरिएको सो कार्यक्रममा वडा अध्यक्ष फारुक शेष, पालिका सचिवालय प्रमुख प्रदिप बिक, पार्टीको पालिका कमिटी अध्यक्ष खगेन्द्र सेसी लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरुले दिप प्रज्वलन गरिएको स्थानीय पत्रकार पुरन परियारले जानकारी दिए । साथै सहिदहरुको सम्मानमा १ मिनेट मौनधारण पनि गरिएको उनले बताए ।       

Next Post

विकास संसदीय कोषको रकमबाट १ सय ३५ जनालाई तालिम

२०७९ फाल्गुन १, सोमबार २१:५२
बाँके । राप्ती सोनारी गाउँपालिकाका महिला तथा पुरुषहरुलाई विभिन्न सीपमुलक तालिमहरु दिन थालिएको छ । लुम्बिनी प्रदेश मन्त्री समेत रहनुभएकी कृष्णा केसी (नमुना) को निर्वाचन क्षेत्र विकास संसदीय कोषको रकमबाट तालिम दिन थालिएको जनाइएको छ ।    मंगलबार मन्त्री केसीले उद्घाटन गरेको तालिममा गाउँपालिका भित्रका १ सय ३५ जनाको सहभागिता […]