स्वस्थ्य राज्यमन्त्री खानद्वारा नेपालगन्ज पिप्रहवा स्वस्थ्य चौकीको अनुगमन

  ।   २०८१ जेष्ठ ३१, बिहीबार २१:०२

निता शाह
नेपालगन्ज । स्वस्थ्य राज्यमन्त्री हसिना खानले नेपालगन्ज-१५ पिप्रहवा स्वस्थ्य चौकीको अनुगमन गर्नुभएको छ । पिप्रहवा स्वस्थ्य चौकीको निमन्त्रणामा सो अनुगमन गर्नु भएको हो ।

बुधबार भएको स्वस्थ्य चौकी अनुगमनमा स्वस्थ्य चौकीका प्रमुख जयराम पाण्डेले बर्थिङ सेन्टर सहितको भवन निर्माणको माग गर्दै माग-पत्र बुझाउनु भयो । स्वस्थ्य राज्यमन्त्री खानले स्वस्थ्य संस्थाको विभिन्न सुचकको अनुगमन गर्दै स्वस्थ्य चौकीका मुख्य समस्याका साथै भौतिक संरचनामा भएको अभावलाई मध्यनजर गरि बर्थिङ सेन्टर स्थापना गर्न भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

स्वास्थ्य संचालन तथा ब्यबस्थापन समिति सदस्य गुरु दयाल सिंहले मन्त्री समक्ष स्वस्थ्य चौकीका समस्या राख्नु भयो । स्वयंसेविकाले आफ्ना सेवा सुबिधा लगायतका माग राख्नु भाएको थियो भने अनुगमन कार्यक्रममा जसपाका नेता, वडाका सर्वसाधारणको उपस्थिति रहेको थियो । सो कार्यक्रम सिनियर अहेव राजन कुमार थापाले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता स्वस्थ्य संचालन तथा व्यवस्थापन समितिका सदस्य सिंहले गर्नु भाएको थियो ।

Next Post

ठूला पूर्वाधार आयोजना निर्माण सम्पन्न हुँदा ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सावित भएको छ : प्रधानमन्त्री

२०८१ जेष्ठ ३१, बिहीबार २१:०२
हेटौंडा, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने नकारात्मक भाष्यले स्थान पाउन थालेको परिस्थितिमा ठूला पूर्वाधारको निर्माण सम्पन्न हुनुले देशमा आशाको सञ्चार प्रवाह गरेको बताउनुभएको छ । हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ठूला–ठूला पूर्वाधार निर्माण सम्पन्न हुनुले देशमा मौलाएको गलत भाष्य […]