वाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त टोलि नरैनापुरमा, ६ वटै वडामा निर्वाचन परिचालन कार्यालय स्थापना

  ।   २०७९ कार्तिक १७, बिहीबार २१:२४


बाँके । नरैनापुर गाउँपालिका भित्रका सबै वडाहरुमा वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त टोलिले  निर्वाचन परिचालन समितिको कार्यालय संचालनमा ल्याएको छ । गठबन्धनको निर्वाचन क्षेत्र नम्बर १ (१) अन्तर्गत नरैनापुरमा बिहीबारबाट वडा स्तरीय संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय सञ्चालन आएको हो ।

कार्यालयको गठबन्धनबाट क्षेत्र नम्बर १ (क) की उम्मेदवार कृष्ण केसी (नमुना) ले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा उम्मेदवार नमुनाले गठबन्धनमा रहेका उम्मेदवारलाई विजयी गराउनको लागि लागिपर्न गठबन्धनमा आवद्ध रहेका दलका नेता कार्यकर्तालाई आग्रह गर्नु भएको थियो । अघिल्लो कार्यकालमा समेत आफुले राप्ती सोनारी र नरैनापुरको विद्युतीकरण, सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको उम्मेदवार नमुनाले बताउनु भयो । नरैनापुरको वडा न १ को कट्कुइया वडा न २ लक्ष्मणपुर वडा  न ३ कलाफाटा वडा ४ नरैनापुर वडा ५ मटहिया
र वडा ६ गंगापुरमा निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस राप्तीसोनारीका सभापति भिम राना, माओवादी केन्द्र राप्तीसोनारीका अध्यक्ष चिम बहादुर घर्ती , नेपाली काँग्रेस नरैनापुरका सभापति मेराज अहमद खाँ, माओवादी केन्द्र नरैनापुरका अध्यक्ष साविर अलि मुकेरी,  महिला नेतृ संगिता चौधरी नेपाली काँग्रेस प्रदेश प्रतिनिधि पवन सास लगायतका गठबन्धनमा आवद्ध रहेका दलहरुका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।       

Next Post

ठेला देखि व्यवसायी सम्मको माया पाउँदै अकल बम

२०७९ कार्तिक १७, बिहीबार २१:२४
नेपालगन्ज । बाँके क्षेत्र नं. २ (ख) माओवादी केन्द्र तर्फका उम्मेदवार अकल बहादुर बम सडकमा व्यापार गर्ने ठेला देखि ठूलो व्यवसायी सम्मबाट माया पाउदै लोकप्रिय बन्न थाल्नु भएको छ । आसन्न मंसिर ४ गते सम्पन्न हुने चुनावी दौडाहाका क्रममा उम्मेदवार बम चर्चित हुँदै जान थाल्नु भएको छ । चुनाव प्रचारप्रसारका […]

सम्बन्धित शीर्षक