प्रचण्डविरुद्ध मुद्दा दायर गरिएकोप्रति आपत्ति जनाउँदै वाइसिएल बाँकेले बुझायो ज्ञापनपत्र

  ।   २०७९ फाल्गुन २५, बिहीबार १९:४०


नेपालगन्ज । माओवादी केन्द्र निकट युवा सङ्गठन वाइसिएल नेपाल बाँकेले बिहीबार जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा जनयुद्धकालीन मुद्दा दायर गरिएकोप्रति आपत्ति जनाउँदै वाइसिएलले ज्ञापनपत्र बुझाएको हो ।

सङ्गठनका बाँके  जिल्ला इन्चार्ज  किस्मत अलिशेष,  जिल्ला संयोजक आकाश कार्की र सचिब नरेन्द्र ददेलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा अध्यक्ष प्रचण्ड विरुद्ध जनयुद्धकालीन मुद्दा दायर गर्नु षडयन्त्र भएको जनाउँदै त्यसप्रति वाईसिएल नेपालको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । सो सङ्गठनले विभिन्न ५ बुँदे माग समेत अघि सारेको छ ।

विज्ञप्तिमा जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन  लगायत व्यवस्था परिवर्तनका आन्दोलनहरूमा ज्यान गुमाएका योद्धाहरूलाई राष्ट्रिय सहिद घोषणा गर्न र तिनका परिवारलाई  सम्मानित वातावरमा बाँच्न सक्ने गरी उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरिएको छ। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले उक्त ज्ञापन पत्र नेपाल सरकारलाई पठाउने बताउनु भएको छ । ज्ञापन पत्र बुझाउन वाइसीएल नेपालका केन्द्रिय उपमहासचिव रतन बहादुर शाहीको समेत उपस्थिति रहेको थियो ।

Next Post

आधारभूत पत्रकारिता तालिम सकियो

२०७९ फाल्गुन २५, बिहीबार १९:४०
संवाददाता, नेपालगंज । बाँकेको खजुरामा सञ्चालन गरिएको १० दिने आधारभूत पत्रकारिता तालिमको बिहीबार समापन गरिएको छ । इलुमिनेट नेपाल मिडिया सेन्टरको आयोजना, प्रेस सेन्टर नेपाल खजुरा शाखाको समन्वय र खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा गत फागुन १४ गतेदेखी तालिमको शुरुवात गरिएको थियो । समापन कार्यक्रमका केही तस्विर हेर्नुहोस ।   यो पनि […]