राष्ट्रपतिद्वारा सरकार गठनको आह्वान, सात दिनको समय

  ।   २०७९ पुष ३, आईतवार १७:३४

संवाददाता ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

मंसिर ४ गते भएको निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआएकाले संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपतिले सरकार गठन गर्न ७ दिनको समय दिनुभएको हो ।

निर्वाचन आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएलगत्तै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको हो ।

संविधानको धारा ७६ (२) मा प्रतिनिधिसभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दावी गर्न सक्ने व्यवस्था छ ।

एनटिभीबाट

Next Post

नेपाल ख्रीष्टियन समाज लुम्बिनी प्रदेशले मनायो ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम

२०७९ पुष ३, आईतवार १७:३४
प्रमिला चौधरी : नेपालगन्ज । नेपाल ख्रीष्टियन समाज लुम्बिनी प्रदेशले एक कार्यक्रम बीच ख्रीष्टमस शुभकामना आदानप्रदान गरेको छ । नेपाल ख्रीष्टिय समाजका अध्यक्ष प्रकाश सुब्बाको प्रमुख अतिथिमा सो कार्यक्रम भएको हो । लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा सय बढी धर्मगुरुहरुको उपस्थिति रहेको थियो । आदानप्रदान कार्यक्रममा […]

सम्बन्धित समाचार