प्रमिला चौधरी : नेपालगन्ज । नेपाल ख्रीष्टियन समाज लुम्बिनी प्रदेशले एक कार्यक्रम बीच ख्रीष्टमस शुभकामना आदानप्रदान गरेको छ । नेपाल ख्रीष्टिय समाजका अध्यक्ष प्रकाश सुब्बाको प्रमुख अतिथिमा सो कार्यक्रम भएको हो ।
लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा सय बढी धर्मगुरुहरुको उपस्थिति रहेको थियो । आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि पास्टर सुब्बाले धर्मशास्त्र बाइबलबाट ख्रीष्टमसको औचित्यमाथी पुष्टि गर्नु भयो । अध्यक्ष सुब्बाले चारसय बर्षसम्म संसारमा कुनै असल थोक आएन, नत असल गुरुनै आए भन्दै लामोसमय पछि ८० बर्षिय एलिशिवा र जकरियालाई बप्तिष्मा दिने युहन्ना उपहारको रुपमा प्राप्त भयो । उहाले भन्नुभयो, ” २०२३ मा तपाइहरुले पनि नयाँ उपहार पाउन सक्नु भएको होस् । यस्तै एजिएनका केन्द्रिय अध्यक्ष पास्टर एलवी चौधरीले सबै पास्टरहरुलाई शुभकामना दिनु भयो । शुभकामना दिदै अध्यक्ष चौधरीले भन्नुभयो, ” ख्रीष्टमसको औचित्य प्रेम गरेर पुष्टि गर्नुहोस् ।” एनसिएफ लुम्बिनी प्रदेश अध्यक्ष पास्टर हेमदाशले ख्रीष्टमसको शुभकामनाको औचित्य तब पुराहुन्छ जब बन्धनमा परेकाहरुको बन्धन फुकाउन, कदिलाई छुटकारा दिन, परमप्रभुको उद्धारको बर्षको घोषणा गर्न परमप्रभुको आत्मा ममाथि छ । प्रभु येशूको भनाइलाई उदृत गर्दै अध्यक्ष हेमदासले शुभकामनाको औचित्य पुष्टि हुने बताउनु भयो । यस्तै लुम्बिनी प्रदेश अध्यक्ष, पास्टर जंगबहादुर चौधरी, पत्रकार डक्ट प्रसाद धिताल, कपिलवस्तु अध्यक्ष पास्टर स्टिफिन थापा लगायतले शुभकामना दिनुभएको थियो ।
शुभकामना आदानप्रदान कार्यक्रम लुम्बिनी प्रदेश सचिब पास्टर डम्बर थापाले संचालन गर्नुभएको थियो ।