नेपालगन्जमा शान्ति र सद्भावलाई पुरानै अवास्थामा ल्याउन सर्वपक्षीय बैठक

  ।   २०८० आश्विन १७, बुधबार १८:०७


सबिता चन्द

नेपालगन्ज । फैलियको दंगा नियन्त्रण गर्दै  नेपालगन्जमा शान्ति र सदभाव कायम गर्ने प्रयास स्वरुप बुधबार (आज) जिल्ला प्रसाशन कार्यालय बाँकेमा सर्वपक्षीय र सर्वदलीय बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको आह्वानमा बसेको बैठकले ३ वटा निर्णय पारितगरी बैठकको समापन गरेको छ ।

बैठकमा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डेले बिकास निर्माणका काममा आउने भन्दा पनि यस्तो समयमा पुगियो तर पनि यो अप्रिय घटना घटेको प्रति दुख ब्यक्त गर्दछु भन्दै संयमता अपनाउन आग्रह गर्नु भयो । मन्त्री पाण्डेले भन्नुभयो, ´मुस्लिम र हिन्दु भाइ भाइ भएर मिल्नु पर्ने ठाउँमा यस्तो घटना घट्नु दुखद कुरा हो । घाइतेहरुलाई स्वास्थलाभको कामना गर्दै मुख्यमन्त्री बिकास कोषबाट घाइतेलाइ उपचार गराउन पहल गर्छ ।` उहाले बिकासमा लगानी गर्नेबेला यस्तो काममा तपाई हाम्रै करको पैसा लागाउनु राम्रो कुरो पक्कै होइन भन्दै  बिकासमा मेयर र माननीयसँग समन्वय गरेर बिकास गर्ने प्रतिबद्धता जनाउनु भयो । बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. धवलसम्शेर राणाले पुरानो सद्भावको सहरमा अराजकलाई कार्वाही गरि पुरानै अवस्थामा ल्याउन सबैलाई आग्रह गर्नुभयो । लुम्बिनी प्रदेशसभा सभा सदस्य कृष्णा केसी (नमुना) ले सबैलाई सद्भावमा जोडिएर शान्ति कायम गर्न आग्र गर्नु भयो । यस्ता अप्रिय घट्नु सबैला लागि दु:खद हो भन्दै सांसद नमुनाले दोषीलाई कार्वाही गरी सद्भावको सन्देश फैलाउन अपिल गर्नु भयो ।

पूर्वमन्त्री मोहम्मद इस्तियाक राइले उदण्ड मच्चाउने जो सुकै भएपनि कानुनी कार्वाहीमा ल्याउन आग्रह गर्नु भयो । नेता राइले सद्भाव फैलाउन आफू सधैं तत्पर भएको कुरामा जोड दिनु भयो । नेपाल प्रहरीका प्रदेश प्रमुख डीआईजी उमेशराज जोशी, बाँके स्थित राजनीतिक दलका नेता, धार्मिक संघ संस्थाका अगुवाहरु लगायतले आफ्नो सुझाव राखेका थिए ।

बैठकले नेपालगन्जलाई सदभाव कायम गरेर पुरानो लयमा फर्काउन सामाजिक संजाल तथा अन्य माध्यमबाट सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउन तथा कसैको धार्मिक आस्थामा आचआउने जस्ता विपरीतका कार्यहरू गर्ने कुनैपनि व्यक्तिहरुलाई तत्काल कानुन बमोजिम कडा कार्वाही गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले शान्ति सुरक्षाको वर्तमान अवस्थालाई पुर्णरुपमा सामान्य अवस्थामा ल्याउने र नेपालगन्ज क्षेत्रमा हाल जारी रहेको कर्फ्यु आदेश क्रमस खुकुलो बनाउनदै पुर्णरुपमा हटाउन जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । यसैगरी सामाजिक सद्भाव कायम राख्न र अव उप्रान्त सद्भाव भड्किन नदिने प्रतिबद्धता गर्नुका साथै सबै क्षेत्र, तह र तप्काको उल्लेख्य सहभागिता हुनेगरी सद्भाव र्‍याली आयोजना गर्ने समेत निर्णय गरेको छ ।

धार्मिक विवाद बढ्दै गएपछि मंगलबार दिउँसो १ बजेबाट नेपालगन्जमा जारी गरिएको कर्फ्यु आदेश कायम रहेको छ भने बिस्तारै कर्फ्यु खुकुलो बनाउदै लैजाने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भयो ।

Next Post

चित्तलको मासु र भरुवा बन्दुकसहित एक जना पक्राउ, एक फरार

२०८० आश्विन १७, बुधबार १८:०७
बाँके । बाँके राष्ट्रिय निकुुञ्जबाट चित्तलको मासु र भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । भने अर्को एकजना फरार छन् । पक्राउ पर्नेमा राप्तिसोनारी-२ टिकुलीपुरका टीकाराम जैसी हुन् । उनलाई गत भदौ २४ गते नेपाली सेना र निकुञ्ज कर्मचारीको गस्ती टोलीले ७५ किलो चित्तलको मासु र भरुवा बन्दुकसहित पक्राउ […]