नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो

२४ घण्टामा ३ हजार ११४ सङ्क्रमित थपिए, ३ हजार बढी डिस्चार्ज

  ।   २०७७ कार्तिक १८, मंगलवार १७:३२

काठमाण्डौ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट २० जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको कुल सङ्ख्या एक हजार चार पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा तीन हजार एक सय १४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या एक लाख ७९ हजार ६ सय १४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार एक सय ६६ जनाको नमुना परीक्षण भएको हो ।

त्यस्तै मङ्गलबार तीन हजार एक सय ४२ जना सङ्क्रमणमुक्त भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको कुल सङ्ख्या एक लाख ४१ हजार एक सय ३४ पुगेको छ ।

अब ३७ हजार चार सय ७६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने एक हजार दुई सय ७७ जना क्वरेण्टीनमा रहेका छन् ।

Next Post

‘आरआरआर’ प्रदर्शनमा आए सिनेमा घर जलाउने भाजपा नेताको चेतावनी

२०७७ कार्तिक १८, मंगलवार १७:३२
एजेन्सी । निर्देशक एसएस राजामौलीको नयाँ चलचित्र ‘आरआरआर’ विवादमा परेको छ। नायक जुनियर एनटीआरको लुक्स केही दिन अगाडि सार्वजनिक गरिएको थियो। जहाँ उनले कोमराम भीमको भूमिका निर्वाह गरेका छन्। यसमा उनले कुर्ता पायजामा र मुस्लिम टोपी लगाएको तस्बिर सार्वजनिक भएको थियो। तेलंगनाका भारतीय जनता पार्टीका नेता बादी संजयले चलचित्रमा फ्रिडम […]