बाँकेमा बीमा पीडित संघर्ष समिति गठन, माग पुरा नगरे बीमा कम्पनीमा तालावन्दी गर्ने चेतावनी

  ।   २०७९ आश्विन ७, शुक्रबार १८:२२

संवाददाता, नेपालगंज

बाँकेमा बीमा पीडित संघर्ष समिति गठन गरिएको छ । बीमा कम्पनीबाट लामो समयदेखी दाबी भुक्तान नभएको, पोलिसी निरन्तर रोकिएर विभिन्न कम्पनीबाट ठगिएको भन्दै पीडितहरु कोहलपुरमा भेला भई आज संघर्ष समिति गठन गरेका हुन ।

जिआर भुषालको नेतृत्वमा गठित ५ सदस्य संघर्ष समितिको सदस्यहरुमा एम डि कडेल, दिपेन्द्र शाही, हरिहर भण्डारी र गंगा भण्डारी रहनु भएको छ ।

जिवन तथा निर्जिवन बीमा कम्पनीले ललाइ फकाइ बीमा गराउने गरेको र दाबी भुक्तानी माग्न जाँदा बिभिन्न बहाना गरि टार्ने, भुक्तानी पाउनु पर्ने सम्झौता बमोजिमको पैसा नदिने गरेको, समयमा भुक्तानी नगरी झुलाएर ब्याज सुविधा नदिएको, कोभिड बीमा दाबी भुक्तानी नदिएर झुलाएको लगायतका विभिन्न समस्या लिई पीडितहरु संघर्ष समिति बनाएर बीमा कम्पनीका विरुद्धमा आवाज उठाउने योजनामा पुगेका हुन ।

संघर्ष समितिले जिल्ला भित्र बीमाले पारेका समस्याहरुको बारेमा यही असोज ९ गते ११ बजे जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने र बीमा कम्पनीहरूलाई भुक्तानी बक्यौता चाँडो चुक्ता गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

आफना मागहरु पुरा नभएमा बीमा कम्पनीहरुमा ताला बन्दी गर्ने, आम सर्वसाधारणलाई बीमा नगर्न आह्वान गर्ने गरी थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै जाने संघर्ष समितिले निर्णय पनि गरेको छ ।

साथै संघर्ष समितिले बीमाबाट ठगिएका आम नागरिकहरुलाई गोलबद्ध भई न्यायिक आन्दोलनमा जोडिन र सरोकारवाला निकाय समक्ष सहयोगको अपेक्षा समेत गरेको छ ।

यो पनि हेर्नुहोस ।

मुनाफामा गए बीमा कम्पनी, दाबी भुक्तान लिन सकस

घर–घरमा एजेन्ट, ताना–तानमा आम सर्वसाधारण

 

Next Post

सकारात्मक अभिभावकत्व र अन्तरपुस्ता सम्बाद प्रसिक्षक प्रशिक्षण सम्पन्न

२०७९ आश्विन ७, शुक्रबार १८:२२
नेपालगन्ज । प्लान नेपाल को साझेदारीमा बाँके युनेस्को क्लबको आयोजनामा सकारात्मक अभिभावकत्व र अंतरपुस्ता सम्बाद प्रसिक्षक् प्रसिक्षण बर्दियाको गुलरियामा सम्पन्न भएको छ । बारबर्दिया मधुबन , ठाकुर बाबा र गेरुवा गाउँ पालिकाका १५ जना समुदाय सहजकर्ताको सहभागिता रहेको ८ दिने उक्क्त तालिममा सकारात्मक अभिभावकत्वका विभिन्न सीपहरु बारेमा सहजीकरण गरिएको बाँके […]

सम्बन्धित शीर्षक