जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा

  ।   २०७७ भाद्र १, सोमबार ०८:४३

जुम्ला । जुम्लामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले गएराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

कोरोना सङ्क्रमण बढ्न नदिन र समुदायस्तरमा सङ्क्रमण फैलनबाट रोक्नका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

यस्तै निषेधाज्ञा जारी गरिएको ठाउँमा कुनै पनि भेला नगर्न समेत निर्देशन गरिएको छ । कोरोनाको जोखिम बढेसँगै पार्टी, भेला, धार्मिक मेला पनि रोक लगाइएको छ ।

तीज नजिकिएकाले भिडभाड हुन सक्ने भन्दै त्यसलाई मध्यनजर गर्दै रोक लगाइएको हो । स्थानीय प्रशासन र पालिकाहरुले पटक(पटक सूचना जारी गर्दै धार्मिक मेला र भिडभाड नगर्न निर्देशन दिँदै आएका छन् । उज्यालो अनलाइन

Next Post

कोरोना सङ्क्रमित बढ्दै गएपछि निषेधाज्ञा थप्ने क्रम पनि बढ्यो

२०७७ भाद्र १, सोमबार ०८:४३
काठमाण्डौ । कोरोना सङ्क्रमितको संख्या थपिदै गएपछि जिल्ला र पालिकाले निषेधाज्ञा गर्ने क्रम बढेको छ । त्यस्तै यसअघि जारी गरिएका क्षेत्रमा पनि निषेधाज्ञा थप गर्न थालिएको छ । अहिलेसम्म ४१ जिल्लामा आंशिक तथा पूर्ण लकडाउन गरिएको छ । गृह मन्त्रालयकाअनुसार २८ जिल्लामा स्थानीय प्रशासनले सङ्क्रामक रोग नियन्त्रण ऐन अनुसार निषेधाज्ञा […]