प्रेस सेन्टर नेपालमा बाँकेका पुराना पत्रकार अधिकारीलाई स्वागत

  ।   २०७९ भाद्र ९, बिहीबार २२:१७

प्रेस सेन्टर नेपालमा बाँकेका पुराना पत्रकारलाई स्वागत
नेपालगन्ज । बाँकेका पुराना पत्रकार हरिशरण अधिकारी प्रेस सेन्टर नेपालमा प्रवेश गर्नु भएको छ । लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएका अधिकारीले क्रान्तिकारी पत्रकारहरूको संगठन हृदयदेखि मनपरेको र श्रमजीवीहरुको पक्षमा कलम चलाउन अझै ससक्त गरि लाग्न प्रेस सेन्टरमा लागेको बताउनु भयो ।

प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सिराज खान, केन्द्रिय नीति तथा परामर्श समितिका सदस्य सुशील लामिछानेको हातबाट खादा लगाएर अधिकारी प्रवेश हुनुभएको हो । प्रेस सेन्टर नेपाल बाँके समन्वय समितिले बोलाएको केन्द्र, प्रदेशका नेताहरूको उपस्थितिमा एक कार्यक्रमका बीच अधिकारीलाई प्रेस सेन्टर नेपालमा स्वागत गरिएको बाँके अध्यक्ष डक्ट धितालले जनाउनु भयो ।

कार्यक्रममा प्रेस सेन्टर नेपाल प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, प्रदेश सचिव गजेन्द्र गुरुङ, आलम खान, बाँके उपाध्यक्ष रजेश आचार्य लगायताका नेताहरूको उपस्थिति रहेको उपाध्यक्ष आचार्यले बताउनु भयो ।

Next Post

सम्बन्धित समाचार