सामाजिक अभियानकर्मी डा. विष्णुमायाका बारेमा विश्वव्यापी पढाइ हुँदै

  ।   २०७८ भाद्र ९, बुधबार १४:५९

संवाददाता ।

सामाजिक अभियानकर्मी डा. विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा. लिसा राइट होफ्नरद्वारा लिखित ‘दि राइटर्स माइन्डसेट’ पुस्तकमा डा. परियारको जीवनसंघर्षको कहानी प्रकाशन गरिएको छ ।

उक्त पुस्तकका ६९२ पृष्ठमध्ये डा. परियारको कहानी पृष्ठ ५९१–५९४ बीच चार पृष्ठमा समावेश गरिएको युएस नेपाल अनलाइनका सम्पादक प्रदीप परियार थापाले जानकारी दिनुभयो । विश्वमै अग्रणी मानिने म्याकग्रो हिल पब्लिकेसनको पाठ्यपुस्तक अमेरिकामा मात्र होइन, विश्वका सयभन्दा बढी मुलुकका हाइस्कुल, कलेज र विश्वविद्यालयमा पढाइ हुन्छ ।

सन् २०२० को तथ्यांकअनुसार हाल यो पब्लिकेसनको ४३ लाखभन्दा बढी सशुल्क पाठ्यपुस्तक किन्ने विद्यालय, विश्वविद्यालय, विद्यार्थी र प्रोफेसर छन् । यो पाठ्यपुस्तकमा ५२ जनाको आलेख र जीवन कहानी समावेश छन् । अमेरिकी सामाजिक अभियानकर्मी डा. विष्णुमाया हाल जर्सीसिटी सहरको रोजगारी र तालिम कमिटीको सदस्यसमेत हुनुहुन्छ ।

डा. विष्णुमायाको पहलमा सन् २०१९ मा जर्सीसिटी सहर र नेपालको इन्द्रावती गाउँपालिकाबीच सिस्टर सिटी कायम गरिएको छ भने सन् २०१७ मा उनकै नेतृत्वमा जर्सीसिटीको सिटी भवनमा नेपालको झन्डा फहराइएको थियो । डा. विष्णुमाया एनआरएनए आइसिसीको वर्तमान निर्वाचन आयुक्त, ग्लोबल गोर्खा समाजको संरक्षक र एड्वान संस्थाको संस्थापक अध्यक्ष पनि रहनुभएको छ ।

नयाँ पत्रिकाबाट

Next Post

नेकपा (माओवादी केन्द्र) को प्रवक्तामा कृष्णबहादुर महरा चयन

२०७८ भाद्र ९, बुधबार १४:५९
संवाददाता । नेकपा (माओवादी केन्द्र) को प्रवक्तामा कृष्णबहादुर महरा चयन हुनुभएको छ । उहाँलाई प्रवक्तासँगै प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको समेत जिम्मेवारी दिइएको छ । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहनुभएका नेता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिकोे जिम्मेवारी दिइएको छ । यही भदौ ५ र ६ गते बसेको केन्द्रीयसमिति […]