नेकपा (माओवादी केन्द्र) को प्रवक्तामा कृष्णबहादुर महरा चयन

  ।   २०७८ भाद्र ९, बुधबार १७:१८

संवाददाता ।
नेकपा (माओवादी केन्द्र) को प्रवक्तामा कृष्णबहादुर महरा चयन हुनुभएको छ । उहाँलाई प्रवक्तासँगै प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको समेत जिम्मेवारी दिइएको छ ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहनुभएका नेता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिकोे जिम्मेवारी दिइएको छ ।

यही भदौ ५ र ६ गते बसेको केन्द्रीयसमिति बैठकबाट पार्टीले केन्द्रीय विभाग, प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, सम्पर्कजस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

बैठकको निर्णयानुसार प्रदेश नम्बरं १ को इञ्चार्जमा सुरेन्द्र कार्की (राम कार्की), प्रदेश नंम्बर २ को इञ्चार्जमा गणेश शाह, वाग्मतीको इञ्चार्जमा हितमान शाक्य, गण्डकीको इञ्चार्जमा हितराज पाण्डे, लुम्बिनीको इञ्चार्जमा चक्रपाणि खनाल, कर्णालीको इञ्चार्जमा शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा खगराज भट्टलाई तोकिएको छ ।

यसैगरी विशेष समितिको इञ्चार्जमा लीलामणि पोखरेल, सम्पर्क समन्वय समितिको इञ्चार्जमा डिलाराम आचार्यलाई तोकिइएको छ भने पार्टी स्कुल विभागको इञ्चार्ज अध्यक्ष पुष्पकमल दाहाल आफैले राख्नुभएको छ ।

पार्टीको शक्तिशाली विभागका रुपमा रहेको सङ्गठन विभागको प्रमुखमा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ ।

यस्तै नेता देव गुरुङलाई सङ्घीय संसदीय विभाग प्रमुख, वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुख र केन्द्रीय कार्यालय इञ्चार्जमा मातृका यादव, उपभोक्ता हित तथा आपूर्ति विभाग हरिबोल गजुरेल, कृषि तथा भूमिसुधार विभाग लीलामणि पोखरेल, जलस्रोत सिँचाइ तथा ऊर्जा विभाग प्रमुख र विदेश मामला विभागमा सुरेन्द्र कार्कीलगायतले जिम्मेवारी पाउनुभएको छ ।

Next Post

म्याडग्यास्करमा चरम भोकमरी : चार वर्षदेखि भएन वर्षा, बाच्नका लागि किराफट्याङ्ग्रा खाँदै स्थानीय

२०७८ भाद्र ९, बुधबार १७:१८
एजेन्सी । पूर्वी अफ्रिकी मुलुक म्याडग्यास्कर जलवायु परिवर्तनका कारण उत्पन्न भोकमरीको सँघारमा पुगेको छ । चार वर्षदेखि वर्षा नभएकाले त्यहाँ हजारौँ मानिसहरू डरलाग्दो भोक र खाद्यान्न असुरक्षाबाट प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । यो चार दशकको सबैभन्दा नराम्रो सुक्खा हो । यसबाट देशको दक्षिणी भेगमा बस्ने खेतीपाती गर्ने समुदाय […]

सम्बन्धित शीर्षक