ग्रामीण खेलमैदानमा नयाँ ऊर्जा — ज्ञान नेपालद्वारा न्यु जन परोपकारी युवा क्लबलाई खेल सामग्री सहयोग

  ।   २०८२ आश्विन ३०, बिहीबार १८:४४

बाँके । बाँकेको राप्ती सोनारी–७ फत्तेपुरस्थित सहिद दलबहादुर घर्ति खेल मैदानमा बिहीबार उत्साह र उमङ्गले गुञ्जायमान बन्यो । न्यु जन परोपकारी युवा स्पोर्टस क्लबका खेलाडीहरूलाई ज्ञान नेपाल ले दुई थान फुटबल र दुई थान भलिबल हस्तान्तरण गरेपछि स्थानीय युवामा नयाँ जोश भरिएको छ ।

स्थानीय खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यसहित गरिएको यो सहयोगले खेलाडीहरूमा ऊर्जा थपेको हो । सामग्री सहयोगी संस्था ज्ञान नेपालका उपाध्यक्ष डा. डक्ट प्रसाद धितालले भन्नुभयो, “युवाहरूको ऊर्जालाई खेलकुदतर्फ मोड्न सके समाजमा सकारात्मक परिवर्तन सम्भव छ । खेलले अनुशासन, सहकार्य र नेतृत्वको भावना विकास गर्छ, त्यसैले ज्ञान नेपाल सदैव युवाको साथमा रहनेछ ।”

डा. धितालले आगामी दिनमा खेल मैदानको सुदृढीकरण, खेल तालिम र प्रतियोगिता व्यवस्थापनमा पनि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

त्यसैगरी अधिकारकर्मी एवं पत्रकार आलम खानले भन्नुभयो, “ग्रामीण क्षेत्रमा खेलकुदको विकासका लागि यस्तो सहयोग प्रेरणादायी कदम हो । स्थानीय युवाको प्रतिभा निखार्नका लागि समुदाय र संस्थाको सहकार्य अत्यावश्यक छ ।”

खेल सामग्री प्राप्त गर्दै खेलाडी सुमिर पुनले भन्नुभयो,“यो सहयोगले हामीमा नयाँ आत्मविश्वास र जोश जागेको छ । अब हामी मैदानमा अझ उत्साहपूर्वक खेल्नेछौं र हाम्रो गाउँलाई जिल्लाभर चिनाउनेछौं ।”

सहिदको नाममा स्थापना गरिएको यो खेलमैदान स्थानीय युवाको अभिमान र सपनाको प्रतीक बन्दै गएको छ । ज्ञान नेपालको यो सकारात्मक पहलले ग्रामीण युवामा खेलकुदप्रतिको आकर्षण मात्र बढाएको छैन, सामाजिक परिवर्तनको नयाँ सम्भावनासमेत उजागर गरेको छ ।

Next Post

मानवता नेपाल बाँकेको छैठौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, सुमन गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

२०८२ आश्विन ३०, बिहीबार १८:४४
सबिता चन्द ठकुरी नेपालगञ्ज । “आउनुहोस्, हराएको मानवताको खोजी गरौं” भन्ने मूल उद्देश्यका साथ स्थापना भएको मानवता नेपाल बाँकेको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन नेपालगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ।      अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै संस्थाको नेतृत्व सुमन गिरीलाई प्रदान गरेको छ। निर्वाचित कार्यसमितिमा उपाध्यक्ष […]

सम्बन्धित शीर्षक