वामदेव गौतम राष्ट्रिय सभा सदस्यका लागि सिफारिस

  ।   २०७७ भाद्र २९, सोमबार २२:०३

काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले जानकारी दिनुभयो । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये एक डा. युवराज खतिवडाको पद सकिएको ६ महिनापछि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गरेको हो ।

गौतमलाई अब राष्ट्रपति राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुहुनेछ । गौतमलाई गत फागुन १४ गते राष्ट्रियसभामा पठाउने भनेर नेकपा सचिवालय बैठकले निर्णय गरेको थियो ।

भदौ १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले त्यही निर्णय कार्यान्वयन गर्ने सोच बनाएको जानकारी गराउनु भएको थियो ।

Next Post

इटालीमा कोरोनाबाट अति प्रभावित क्षेत्र कोडोग्नोमा ७ महिनापछि विद्यालय खुले

२०७७ भाद्र २९, सोमबार २२:०३
एजेन्सी । इटालीमा कोभिड १९ अर्थात् कोरोना भाइरस अति प्रभावित भएका क्षेत्रहरुमा ७ महिनापछि विद्यालय खुलेका छन् । देशको कोडोग्नो क्षेत्रका बालबालिकाहरु गएको फ्रेबुअरी २१ देखि विद्यालय जान नपाएकोमा सेप्टेम्बर १४ अर्थात् सोमबारदेखि विद्यालय गएका हुन् । कोडोग्नो इटालीको कोरोना भाइरसबाट अति चपेटामा परेको क्षेत्रमध्ये एक हो । देशको उत्तरी […]