नेपालमा रेल बनाइदिन भारत र चीनले प्रतिस्पर्धा गरिरहेका छन् : मन्त्री पोखरेल

  ।   २०७७ पुष १८, शनिबार १६:५९

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशको राजधानी देउखुरीमा अन्तर्राष्ट्रिय स्तरका संरचना बनाउने गरी कामको थालनी भएको बताउनुभएको छ ।

घोराहीमा भएको कार्यक्रममा मन्त्री पोखरेलले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीलाई अहिले भएका राजधानी भन्दा विशिष्ट खालको अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि चीन सरकारसँग सहकार्य भएको पनि जानकारी दिनुभयो ।

प्रदेशको राजधानीको लागि आवश्यक पर्ने भौतिक निर्माणका लागि चीनसहितका अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग छलफल भइरहेको र कोभिडको असर कम हुनासाथ देउखुरीमै आएर भौतिक निर्माणको काम शुरु गर्ने बताएको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

‘प्रदेश राजधानीलाई व्यवस्थित योजनाका साथ अत्याधुनिक शहर बनाउने योजनामा लागेका छौँ, काठमाण्डौका मानिसहरुलाई राजधानी भनेको यस्तो पो हुनपर्छ भनी हेर्न आउने बनाउँछौँ’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो।

प्रधानमन्त्रि केपीशर्मा ओलीको कुटनितिका कारण चीन र भारत दुवै देशले अहिले नेपालको रेल पूर्वाधार निर्माणमा प्रतिस्पर्धा गरिरहेको मुख्यमन्त्री पोखरेलको दाबी छ ।

Next Post

प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा आज प्रदेश-१ र एपीएफ खेल्ने

२०७७ पुष १८, शनिबार १६:५९
काठमाण्डौ । प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज शसस्त्र प्रहरीको विभागीय टिम एपीएफ र प्रदेश– १ खेल्दैछन् । खेल बिहान साढे ११ बजेदेखि सुरु हुने छ । हिजो भएको सेमिफाइनल खेलमा प्रदेश– १ ले लुम्बिनी प्रदेशलाई र एपीएफले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा प्रवेश गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् […]