एक सय दिनमा २० करोड नागरिकलाई खोप दिने बाइडेनको घोषणा

  ।   २०७७ चैत्र १३, शुक्रबार ०७:०५
unn.prixa.net

काठमाण्डाै | अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको एक सय दिनमा २० करोड अमेरिकी नागरिकलाई खोप दिने लक्ष्य राखेको बताउनु भएको छ ।

अमेरिकामा कोरोेना भाइरसका नयाँ बिरामी बढ्दै गएका बेला बाइडेनले यस्तो महत्वाकांक्षी लक्ष्यको घोषणा गर्नु भएको हो ।

बाइडेनले भन्नुभयो-‘आज म दोस्रो लक्ष्य निर्धारित गरिरहेको छु । हामी आफ्नो कार्यकालको पहिलो एक सय दिनमा २० करोड नागरिकलाई कोरोनाविरुद्धको खोप दिनेछौँ ।’ राष्ट्रपति जो बाइडेनले आफ्नो लक्ष्य महत्वाकांक्षी भए पनि पूरा गर्न आफूहरु सफल हुने विश्वास व्यक्त गर्नु भएको छ ।

बाइडेनले भन्नुभयो-‘मलाई थाहा छ यो महत्वाकांक्षी हो हाम्रो मूल लक्ष्यभन्दा दुई गुणा धेरै । तर कुनै अर्काे देश यसको नजिक पनि पुगेको छैन जे हामी गरिरहेका छौँ । मलाई पूरा विश्वास छ यसमा हामी सफल हुने छौँ।’

अमेरिकामा अहिलेसम्म कोरोना विरुद्धको १३ करोड डोज वितरण भइसकेको छ ।

Next Post

नेपाल-खनाल पक्षको केन्द्रीय कमिटी बस्दै, प्रधानमन्त्रीले बोलाए संसदीय दलको बैठक

२०७७ चैत्र १३, शुक्रबार ०७:०५
काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ। शुक्रबार बिहान ११ बजे कलंकीको एक पार्टी प्यालेसमा बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यलाई बोलाइएको छ। पार्टीभित्र अहिले देखिएको विवादमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनुभयो […]

सम्बन्धित समाचार