शसस्त्र प्रहरीले काठमाडौंमा टिकाको दिन नि:शुल्क बस सेवा दिने

  ।   २०८० कार्तिक ५, आईतवार २०:५४

काठमाडौ । सशस्त्र प्रहरीले मंगलबार विजया दशमी (टीका) को दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सेवा दिने भएको छ ।

दशैंको टीका ग्रहणका लागि आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यकामा दुई वटा रुटमा निःशुल्क सेवा दिने सशस्त्रले जनाएको छ ।

दुई वटा रुटमा बिहान साढे ८ बजे र अपराह्न ४ बजे गरी दुई चरण्मा निःशुल्क बस सञ्चालन हुनेछन् ।

बा १ ग २५९१ नम्बरको बसले नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलिसडक, कृष्णपाउरोटी, जय नेपाल हुदै पुनस्नक्शालसम्म निस्शुल्क सेवा दिनेछ ।

अर्को बा १ ग २६०८ नम्बरको बसले, नेपाल प्रहरी प्रधान कार्यालय नक्शालबाट रातोपुल, गौशाला, एअरपोर्ट, कोटेश्वर, नयाँ ठिमी, सल्लाघारी, सूर्यबिनायक चोकबाट सोही रुट फिर्ता भएर कोटेश्वर, गौशाला, चाबहिल, सुकेधारा, महाराजगञ्ज, शिक्षण अस्पताल, बालुवाटार हुँदै पुनः नक्शालसम्म निस्शुल्क सेवा सञ्चालन हुने सशस्त्रले
जनाएको छ ।

Next Post

झलमल्ल नेपालगन्ज पुर्व मन्त्री इश्तियाकको योजना

२०८० कार्तिक ५, आईतवार २०:५४
पवन कुमार चौधरी नेपालगन्ज । नेपालगन्जको सडकमा स्ट्रीट लाइट (सडक बत्ती) बल्न सुरु गरेको छ । सडक बत्तीले गर्दा रातिको समयमा नेपालगन्जको मुख्य सडक झलमल्ल भएको छ । केहि दिन अघिदेखि सञ्चालनमा आएको सडक बत्तीले रातिको समयमा नेपालगन्जको मुख्य सडक झलमल्ल भएको हो । रत्न राजमार्गको जमुनाहा–राँझा–कोहलपुरसम्मको सडक खण्डमा सडक […]