दक्षिण अफ्रिकामा जारी हिंसामा हालसम्म ७२ जनाको मृत्यु

  ।   २०७८ असार ३१, बिहीबार १६:४७

संवाददाता ।
दक्षिण अफ्रिकी सरकारले २५ हजार सेना परिचालन गर्न लागेको छ । दक्षिण अफ्रिकामा जारी हिंसामा हालसम्म ७२ जनाको मृत्यु भएको छ । एक हजार ७ सय जना प्रहरी नियन्त्रणमा छन् ।

पूर्ब राष्ट्रपति ज्याकब जूमालाई अदालतले अवहेलना मुद्दामा १५ महिना कैद सजाय तोकेको थियो । जूमा आफैं गत् साता प्रहरी समक्ष आत्मसमपर्ण गरेदेखि दक्षिण अफ्रिकामा उहाँका समर्थक सडकमा उत्रेका छन् ।

पसल लुटपाटपछि आगजनि गरिएको छ । राजमार्गमा अवरोध सृजना गरिएको छ । हिंसा नियन्त्रणमा आउन नसकेपछि सरकारले सेना परिचालन गर्न लागेको जनाएको छ । बुधबार मात्रै लुटपाट र आगजनिका २०८ घटना दत्र्ता गरिएका छन् ।

हिंसा नियन्त्रणमा लिन र प्रहरीलाई सघाउन दक्षिण अफ्रिकी सरकारले पाँच हजार सेना परिचालन गरेको थियो ।

गोरखापत्र अनलाइनबाट

Next Post

बेड पाउन मुस्किल हुने नेपालगंजका अस्पतालमा अहिले कोभिडका बेड खाली

२०७८ असार ३१, बिहीबार १६:४७
संवाददाता, नेपालगंज। गत २४ घन्टा भित्र बाँकेमा १ सय ८४ को पीसीआर जाँच गर्दा २६ जनामा कोरोनाको संक्रमण देखिएको छ । जुन १४.१ प्रतिशत हुन आउँछ । संक्रमण देखिएका मध्ये बाँके जिल्लाका ९ जना छन । यता कोभिडका बिरामी राख्दै आएको भेरी अस्पताल नेपालगंजमा अहिले २८ जना उपचाररत छन । […]

सम्बन्धित शीर्षक