नेपालगन्ज । बाँकेका विभिन्न आइसोलेसनबाट २९ जना संक्रमित डिस्चार्ज भएर घर फर्किदै छन् । १३ जना महिला र १६ जना पुरुष गरि २९ जाना बिहीबार डिस्चार्ज हुन लागेका हुन् ।
स्वास्थ्य फोकल पर्शन नरेश बाबुका अनुसार हालसम्म बाँकेमा जम्मा संक्रमितहरुको संख्या २ हजार २ सय ३८ पुगेको छ । निको भएर घर फर्किनेहरुको संख्या १ हजार ७ सय ९ जना पुगेको छ । अब विभिन्न आइसोलेसनमा ५ सय २५ जना उपचाररत छन् भने अन्य जिल्लाका बाँके आइसोलेसनमा १८ जना र बाँकेका मात्रै ५ सय ७ जना उपचाररत रहेको श्रेष्ठले जारी गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।
बाँकेमा अहिले सम्म मृत्यु हुनेको संख्या २२ पुगेको छ ।