पोलियो विरुद्धको खोप ‘एफआइपिभि’ लगाउने समय परिवर्तन

  ।   २०७९ पुष १२, मंगलवार १३:५३

संवाददाता ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियो विरुद्धको खोप ‘एफआइपिभि’ लगाउने समय परिवर्तन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर सञ्जयकुमार ठाकुरले विज्ञको सल्लाहमा नै लगाउने समयको अवधि परिवर्तन गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार एक वर्ष मुनिका बालबालिकाका लागि पहिले छ हप्ता र १४ हप्तामा गरी दुई मात्रा दिने गरेकामा अव पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा नौ महिनामा लगाइने छ ।

यस्तै एक वर्ष उमेरमा खोप लगाउन छुटेमा पाँच वर्षभित्रमा बालबालिकाले पनि लगाउन सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार पाँच वर्षभित्रमा बालबालिकाले चार महिनाको फरकमा दुई मात्रा खोप लगाउने छन् ।

हिमालय टिभिबाट

 

Next Post

वातावरण सम्बन्धीका विभिन्न शब्दहरु पढनुहोस । (PDF File सहित)

२०७९ पुष १२, मंगलवार १३:५३
संवाददाता । शब्दहरु पढ्न यो लिंक खोल्नुहोस । PDF FILE LINK

सम्बन्धित समाचार