संवाददाता, नेपालगंज ।
ग्रेस कम्यूनिटी नेपालले संञ्चालन गरेको १० महिने सिलाई कटाई (टेलरिङ) तालिम आज समापन गरिएको छ ।
नेपालगंज १ मा रहेको संस्थाको कार्यालयमा एक समारोहका बीच नेपालगंज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्ट, वडा अध्यक्ष प्रमोद रिजालले सिलाई मेसिन सहित प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
नगरप्रमुख विष्टले स्थानीय सरकारले गर्नुपर्ने कार्यमा सामाजिक संस्थाले स्थानीयबासीको जिविकोपार्जन सुधारका लागी सिपमूलक तालिम संञ्चालन गरी स्थानीय सरकारलाई समेत सहयोग गरेकोमा धन्यबाद सहित आगामी दिनमा पनि यसैगरी सहकार्य गर्दै अघि बढने बताउनुभयो ।
यस्तै वडा अध्यक्ष रिजालले तालिममा सिकेका कुरालाई अब ब्यवासायिक रुपमा लागी ब्यवहारमा लागु गर्नुहोस भन्ने शुभकामना दिनुभयो ।
स्थानीय सरकार सँगको समन्वयमा संञ्चालन गरिएको सिलाई कटाई तालिममा १३ जना महिलाहरु सहभागी रहेको ग्रेस कम्यूनिटी नेपालका प्रबन्ध निर्देशक शेर बहादुर बोहराले जानकारी दिनुभयो ।
समापन समारोहमा वडा सदस्य मोहन काँदु, ग्रेस कम्युनिटी नेपालका सल्लाहकार ज्योति बोहरा, स्थानीय समाजसेवी ठाकुर प्रसाद लामीछाने, आशा कुमारी बजगाइ लगायतको सहभागीता रहेको थियो ।
यसअघि बर्दियाको बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारुको प्रमुख आतिथ्यतामा एउटा अर्को सिलाई कटाई तालिमको समापन गरिएको ग्रेस कम्युनिटी नेपालले जनाएको छ ।