संवाददाता, नेपालगंज ।
आर्थिक बर्ष २०७९-८० को राजस्व नीति र कर सुधार सम्बन्धी अन्र्तक्रिया कार्यक्रम आज बाँकेको नेपालगंजमा सम्पन्न गरिएको छ ।
नेपाल सरकार, अर्थ मन्त्रालय अन्र्तगत नेपाल राजस्व परामर्श समितिको आयोजना र नेपालगंज उद्योग वाणिज्य संघको सहकार्यमा अन्र्तक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा यसक्षेत्रका उद्योगी, व्यवसायीहरुको राय, सुझावहरु लिखित रुपमा संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी पेश गर्नु भएको नेपालगंज उद्योग वाणिज्य संघले जनाएको छ ।